प्रियंका र आर्यन भन्दैछन्- ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’

हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर फिल्म बटरफ्लाईको गीत सार्वजनिक गरिएको छ। चितवनको सौरहामा खिचिएको गीतमा रंगको भरपुर प्रयोग गरिएको छ। ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’ बोलको गीतमा नेपाली सिनेमाका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीले अभिनय गरेका छन्।

फिल्मका निर्देशक ओम प्रतीक (गुरुङ)ले फिल्मको नामै बटरफ्लाई ‘कलर्स अफ लभ’ भएको बताउँदै गीतमा रंगको समिश्रण देखाइएको बताए। प्रमोद ढुंगानाको शब्दमा विकास चौधरीले संगीत भरेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। राजेश पायल राई र मान्डवी त्रिपाठीले स्वर दिएका छन्।

तिम्रो माया ९९ मेरो माया १००, फर्की आउ, यो कथा हो तिम्रो मेरोजस्ता फिल्म बनाइसकेका ओम प्रतीकले यो फिल्म रोमान्टिक भएको बताए। फिल्मलाई पाल्लापाको रानी महलमा सेट लगाएर खिचेको उनले बताए। फिल्मलाई सुरेज बज्रचार्यले खिचेका हुन्।

छिट्टै सिनेमा हलमा ल्याउने तयारी भइरहेको फिल्ममा प्रियंका र आर्यनका अलवा अर्पन थापाले पनि अभिनय गरेका छन्। पुष्पाञ्जली अधिकारी (सखा)को निर्माणमा बनेको फिल्ममा कार्यकारी निमार्ता रमेश प्रजापती, सहायक निर्माताहरु रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह र नविन अधिकारी छन् भने कन्ट्री निर्माताको रुपमा ध्रुवराज विके छन्।

हेर्नुस् गीत




Leave a Reply

Your email address will not be published. Required fields are marked *