पत्रकार महासंघको कैलाली शाखामा दस जना थारु प्रतिनिधि विजयी

नेपाल पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा जगत साउँद निर्वाचित भएका छन्। उनले प्रतिद्वण्द्वी हिक्मत रावलभन्दा २२ मत बढी ल्याएर विजय हासिल गरेका हुन्।

आइतबार भएको निर्वाचनमा थारु समुदायका दस  विजयी भए। जसमा सहसचिव राम दहित, सदस्यहरुमा दिलबहादुर चौधरी, रविना चौधरी (महिला कोटा), दिनेश दहित (आदिबासी जनजाति कोटा) र ठागुराम कठरिया (खुला) विजयी भए।

केन्द्रीय पार्सदमा भने गणेश चौधरी, प्रेम चौधरी र सीता चौधरी विजयी भए भने प्रदेश पार्सदमा मुकेश टेर्रा, भीम चौधरी निर्वाचित भए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *