कैलालीकी भलिबल स्टार नेविका र मोरङका फुटबलर चन्दनबीच लगनगाँठो

नेपाली राष्ट्रिय टोली तथा एपिएफल भलिबल टोलीकी सदस्य नेविका चौधरी विवाह बन्धनमा बाँधिएकी छन्। एपीएफ क्लबमै आबद्ध फुटबलर मोरङका चन्दन सरदार र नेविकाको शनिबार कैलालीमा विवाह सम्पन्न भएको हो।

नेविकाले घरमै बाबु बिष्णु चौधरीसँग भलिबल खेल्न सिकेकी हुन्। भलिबलमा छुट्टै छाप बसाल्न सफल नेविकाले थुप्रै खेलमा उत्कृष्ट खेलाडीको पुरस्कार पाइसकेकी छन्।

चन्दन राम्रो खेलाडी हुनुका साथै एपिएफ क्लबमै प्रशिक्षक क्यारियर सुरु गरिसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *