संयुक्त राष्ट्रसंघ, आदिवासी स्थायी मञ्चको उपाध्यक्षमा फूलमान चौधरी निर्वाचित

संयुक्त राष्ट्रसंघ, आदिवासी स्थायी मञ्चको उपाध्यक्षमा फूलमान चौधरी निर्वाचित भएका छन्। क्यानाडा सरकारको आयोजनामा ओटावाको क्यानेडियन म्युजियममा चलिरहेको बैठकले चौधरीलाई एसियाबाट निर्वाचित गरेको हो।

गत अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्युयोर्कमा सम्पन्न निर्वाचनमा उनी १९३ देशबाट प्रतिनिधित्व हुनेगरी १६ सदस्यीय विज्ञ टोलीमा छानिएका थिए। बैठकमा उनै सदस्यहरुको सहभागिता छ।

बैठकमा मञ्चको तीन वर्षे रणनीतिक योजनाबारे छलफल भइरहेको छ। ‘सदस्य राष्ट्र र युएनबीच भएका सन्धि, सम्झौता, घोषणा पत्र, प्रतिबद्धतालाई अक्षरस पालना गराउने र बस्तुगत अध्ययन, अनुसन्धान गरी नीति निर्माण तहलाई थप जिम्मेवार बनाउन बैठकले प्राथमिकता लिएको छ,’ चौधरीले थारुवनसँग भने।

बैठकमा क्यानडाका आदिवासी तथा नोरर्थनमन्त्री क्योरोलिन बेनेटलगायत विभन्न देशका डेलिगेट्सहरुको सहभागिता छ। उनीहरुसँगको भेटवार्तामा आदसवासीहरुले मानव अधिकारसम्बन्धी भोगेको समस्याबारे छलफल भइरहेको चौधरीले जानकारी दिए। अधिकार र समाजिक मुद्दामा क्यानेडियन सरकारले गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै अन्तर्राष्ट्रिय सहयोग बिना मानवअधिकारलगायत समाजिक मुद्दा समाधान नहुने उनले जोड दिएका थिए।

चौधरीले क्यानडाका लागि नेपाली राजदूत काली प्रसाद पोखरेलको निवासमा नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी र गृहसचिवसँग आदिवासीका सबालबारे छलफल गरेका थिए। उनले नेपाल सरकारले युएनड्रिप र आइएलओ १६९ लाई पालना गर्नुपर्ने बताउँदै सरकारबाट पूर्ण सहयोगको अपेक्षा रहेको मुख्य सचिवलाई आग्रह गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *