स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

अपहरणमा परेका तीन व्यक्तिलाई उद्धार गर्ने क्रममा स्वयम्भूमा गोली चलेको छ। प्रहरीले दुई दिनअघि बौद्धबाट अपहरणमा परेका तीन जनालाई उद्धार गर्ने क्रममा गोली चलेको जनाएको छ। प्रहरीलाई ताकेर पेस्तोल देखाए पछि प्रहरीले गोली चलाएको थियो।

प्रहरीको गोली लागेर दुर्गा तामाङ घाइते भएका छन् भने वीरबहादुर तामाङ पक्राउ परेका छन्। घाइते तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ।

अपहरणमा परेका तीन जना व्यक्तिलाई उद्धार गर्ने क्रममा गोली चलेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए। अपहरणमा परेका तीनै जनाको उद्धार गरिएको उनले जनाए। उनका अनुसार घटनास्थलबाट एक थान रिभल्वर बरामद गरिएको छ।

दुई दिन अघि मनदोर्चे तामाङ, विशाल तामाङ र नाङदुङ तामाङ बौद्धबाट अपहरणमा परेका थिए। अपहरण गरेर उनीहरुलाई राखिएको स्थानमा घेरा हालेर अपहरण मुक्त गराउन खोज्दा अपहरणकारीले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *