थारु संग्रहालयको लागि रामलाल चौधरीद्वारा २५ हजार नगद सहयोग

नवलपरासीको डन्डामा बन्ने राष्ट्रिय थारु संग्रहालयको पुनःनिर्माणका लागि समाजसेवी रामलाल चौधरीले २५ हजार नगद सहयोग गरेका छन्। उनले संग्रहालय पुनःनिर्माणका अभियन्ता नेत्र थनेतलाई सो रकम हस्तान्तरण गरेका हुन्। पहिलो थरुहट आन्दोलनको बेला सो संग्रहालयमा आगजनी भएको थियो। आगलागीबाट संग्रहालय पूर्णरुपमा ध्वस्त बनेको थियो।

सरोकारवाला निकायले ध्यान नदिँदा उक्त संग्रहालय झनै जीर्ण बन्दै गएको थियो।

यसैबीच एनआरएनए युएईका उपाध्यक्षसमेत रहेका थनेतले पुनःनिर्माणका निम्ति आर्थिक संकलन अभियान सञ्चालन गरेका छन्। उनले विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर संग्रहालय निर्माणका निम्ति चन्दा संकलन गरिरहेका छन्। उनले थालेको अभियानमा विभिन्न देशबाट थारु र गैर थारुहरुले चन्दा उपलब्ध गराएका छन्।

सोही अभियानमा आफू पनि सहभागी भएको चौधरीले जानकारी दिए। ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ। थारुको विकास गर्न हामी आफैंबाट सुरुवात गरौं। हाम्रो सानो हयोगले हाम्रो इतिहास झल्काउने संग्राहलय बन्न सहयोग पुग्छ,’ उनले थारुवानसँग भने।

अभियन्ता थनेतले उक्त रकम संग्रहालयकाे गेट निर्माणमा खर्च हुने बताए। उनले छिट्टै संग्रहालयको गेटको शिलान्यास हुन लागेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *