बाराको थारु गाउँमा जब आफैँ आगो सल्किन थाले…

बाराको सिहोर्वा गाविसमा आश्चर्यजनक आगलागीको घटना भएको छ। सिहोर्वा-४ सेढवा गाउँमा शुक्रबार राति गाउँका विभिन्न घरमा राखिएको लताकपडामा आफैँ आगो लागेको बताइएको छ। शुक्रबार राति करिब ७ बजेदेखि सुरु भएको उक्त घटना शनिबार अपराहन्नसम्म ७ भन्दा बढीको घरमा देखा परेको स्थानीय कैलाश सहनीले बताए।

उनका अनुसा घरमा राखिएको लताकपडामा अचानक आफैँ आगो सल्कीने र निभाएपछि पुनः अर्को स्थानमा वा अरुको घरमा राखिएको लताकपडामा आगो उत्पन्न भई जल्ने गरेको छ। के कारणले त्यस्तो घटना घटेको जानकारी नभएको प्रहरीले जनाएको छ।

सो आश्चर्यजन घटनाले स्थानीय गाउँबासीहरु अचम्मित हुनुको साथै भयभित बनेका छन्। गाउँमा देवी कूल बिग्रिएको कारणले यस्तो भएको हुनसक्ने अग्रजहरुको भनाइ छ। उक्त समस्या समाधान गर्न गाउँलेको प्रयासमा विभिन्न गाउँका धामी, झाँक्रीलाई बोलाइएको छ।

स्थानीयका अनुसार देवराज चौधरी, रामभजु चौधरी, भुट्कुन दास, गणेश प्रसाद चौधरी, उमेश प्रसाद चौधरी, अनुठा चौधरी र बद्री चौधरीको घरमा रहेको कपडामा आगो सल्किएको थियो। घटनाका कारण घरमा रहेका कपडाहरु जलेर नष्ट भएको प्रत्यक्षदर्शी मधुवनका सोनालाल साहले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *