थारु बाहुल्य रहेको क्याम्पसको स्ववियु सभापतिमा तीन थारुको उम्मेदवारी

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसमा आसन्न स्ववियु निर्वाचनको सभापतिमा तीन प्यानल भिड्ने भएका छन्। थरुहट तराई विद्यार्थी युनियन, नेविसंघ-अखिल क्रान्तिकारी र अनेरास्ववियुले सभापतिमा उम्मेदवारी दिएका छन्।

थरुहटबाट थारु विद्यार्थी समाजका केन्द्रीय सदस्य रिसमान थारु, नेबिसंघबाट दिलिप चौधरी र क्रान्तिकारी-अनेरास्ववियुबाट गणेश चौधरीले उम्देवारी दिएका छन्। सो क्याम्पसमा ८० प्रतिशतभन्दा बढी थारु विद्यार्थी छन्।

तीनवटै थारु उम्मेदवार भएका कडा प्रतिस्पर्धा हुने बताइएको छ। बुद्धिजीबी गुरुप्रसाद थारुका अनुसार प्रतिस्पर्धात्म चुनावमा जसको पनि जित हुनसक्ने आँकलन गरे। थरुहट तराई विद्यार्थी युनियनले आफ्नो भिजनमा स्पष्ट भएको युवा विद्यार्थी नेता सिताराम थारुले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *