कैलाली-कञ्चनपुरका थारुले दिए चुनावविरुद्ध आन्दोलन गर्ने चेतावनी

स्थानीय चुनावको विरोध कैलाली-कञ्चनपुरका थारुले सशक्त आन्दोलन गर्ने चेतावदी दिएका छन्। एक प्रेस विज्ञप्ती जारी गर्दै सदियौंदेखि शासक वर्गबाट ठगिएको आमसमुदाय झन यथास्थितिमा चुनावमा सहभागी हुने नसक्ने उल्लेख गरेको छ। 

‘कंचनपुर र कैलालीलाई थरुहट प्रदेशमा मिलाउने, टिकापुर घटनाका राजबन्दीहरुलाई रिहा गर्ने र झुट्ठा मुद्दालाई खारेज गर्ने र ८ गतेको आगजनीको पिडितलाई क्षतिपुर्तिका साथै दोषीलाई कारबाही सरकारबाट नहुदाँसम्म थरुहट-थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन चुनावमा सहभागी हुन सक्दैनौं,’ विज्ञप्तीमा भनिएको छ।

प्रेस विज्ञप्ती पढ्नुस्:

२०७२ असोज ३ गते जारी भएको नेपालको संविधान २०७२ आदिवासी,जनजाति,मधेसी, थारु, मुश्लिम, अल्पसंख्यक, महिला सबैकोे विरुद्धमा छ भनी असन्तुष्टी जारी रहेको बेलामा २०७३ फाल्गुन ९ गते सरकारले २०७४ बैशाख ३१ गते स्थानिय तहको चुनाव गराउने घोषणा गरेको छ । सरकारले चुनावको घोषणा गरेको छ भने मधेसी मोर्चा र तराई केन्द्रित दल आन्दोलनको घोषणा गरेको छ । संघीय गठबन्धनले पनि यथास्थितिमा चुनावमा सहभागी नहुने प्रष्ट पारिसकेको अवस्थामा सदियौंदेखि शासक जातिहरुबाट राज्यबाट ठगिएको आमसमुदाय झन यथास्थितिमा चुनावमा सहभागी हुने कुरा आउँदैन । कंचनपुर र कैलालीलाई थरुहट प्रदेशमा मिलाउने, टिकापुर घटनाका राजबन्दीहरुलाई रिहा गर्ने र झुट्ठा मुद्दालाई खारेज गर्ने र ८ गतेको आगजनीको पिडितलाई क्षतिपुर्तिका साथै दोषीलाई कारवाही सरकारबाट नहुदाँसम्म थरुहट-थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन चुनावमा सहभागी हुन नसक्ने व्यहोरा हामी यसै विज्ञप्ति मार्फत सबैलाई जानकारी गराउन चाहन्छौं र आम समुदायलाई चुनावको विपक्षमा उभिन अपिल गर्दछौं ।
साथै थरुहट-थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धनको सहमति वेगर हुने चुनावको विरुद्ध समिति तत्काल शसक्त आन्दोलनको घोषणा गर्न बाध्य हुँदैछ । आन्दोलनबाट हुने क्षतिको लागि सरकार पुर्ण जिम्मेवार हुनु पर्ने कुरा पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।

१.) होरी लाल चौधरी —संयोजक ( थरुहट-थारुवान संयुक्त संघर्ष समिति प्रादेशिक)
२.) प्रभात कुमार चौधरी —संयोजक ( थरुहट-थारुवान संयुक्त संघर्ष समिति, कैलाली कंचनपुर)
३.) कृष्ण कुमार चौधरी —संयोजक (थरुहट-थारुवान संयुक्त संघर्ष समिति, कैलाली)
३.) पुष्कल चौधरी —संयोजक ( थरुहट-थारुवान संयुक्त संघर्ष समिति, कंचनपुर)
४.) निरु रिजाल —सचिव (संघीय गठबन्धन)
५.) गोविन्द्र राज राना —सदस्य (राना थारु संयुक्त संघर्ष समिति, कैलाली)
६.) सुरज कठरिया — संयोजक (कठरिया थारु संयुक्त सघर्ष समिति कैलाली )




Leave a Reply

Your email address will not be published. Required fields are marked *