थरुहट/थारुवानसहितको प्रादेशिक मोर्चद्वारा निर्वाचन स्थगित गर्न माग

थरुहट/थारुवान संयुक्त संघर्ष समितिसहितको संयुक्त प्रादेशिक मोर्चाले स्थानीय चुनावको विरोध गरेको छ। दस वटा आबद्ध समितिले संविधान संशोधन प्रस्ताव थाँती राखेर स्थानीय तह निर्वाचनको घोषणा गरेको भन्दै आपत्ति जनाएको हो।

‘स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेषाधिकार जस्ता विषयको टुंगो नलाई एकतर्फीरुपमा गरिएको निर्वाचन घोषणा आफूहरुका लागि मान्य नभएको’ विज्ञप्तीमा उल्लेख छ। मोर्चाले निर्वाचन घोषणालाई तत्काल स्थगित गरी अनुकुल वातावरण बनाउन माग गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *