राजापुर क्याम्पसका दुई लेक्चररविरुद्ध उजुरी, स्ववियु प्रचारमा लागेको आरोप

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसका दुई लेक्चरर लाई कारबाहीको माग गरिएको छ। आसन्न स्ववियु निर्वाचनको आचारसंहिचा विपरीत पार्टीको प्रचार प्रास गरेको र अध्ययनरत विद्यार्थीलाई मानसिक तनाव दिएको भन्दै छप्पुराम चौधरी र बालकृष्ण चौधरीविरुद्ध विद्यार्थीहरुले उजुरी दर्ता गरेको हो। 

सो क्याम्पसमा अध्ययनरत विजय चौधरीले आफ्नो अभिभावलाई बारम्बार फोन गरेर आफूले भनेको संगठनलाई भोट दिन मानसिक तनाब दिएको बताए। उनले कुन संगठनमा लाग्ने आफ्नो ब्यक्तिगत स्वत्नत्रा रहँदारहँदै उनीहरुले अभिभावकलाई फोन गरेर टर्चर दिने गरेको बताए।

राजापुरका नागरिक अगुवा रामबहादुर चौधरीले शिक्षक जस्ताो पेसामा बसेर राजनीति गर्न नमिल्ने बताए। कुनै पार्टीसँग सम्बद्ध भएपनि यस्तो बेला न्युटल बस्नपर्ने उनको भनाई छ। तर खुलमखुल्ला पार्टीको प्रचारमा उत्रिनु पक्कै पनि नराम्रो भएको उनले बताए। ‘क्याम्पस हाता भनेको शिक्षा उपार्जन गर्ने ठाउँ हो। शिक्षकले नै त्यहाँ राजनीति गर्न मिल्दैन,’ उनले भने।

यता क्याम्पसका लेक्चरर छप्पुरामले भने आफूमाथि आरोप लगाइएको बताए। आफूले कुनै आचारसंहिता उल्लंघन नगरेको भन्दै उनले केही मान्छेहरुले बदनाम गर्न लागेको बताए।

आसन्न स्ववियु निर्वचानमा सो क्याम्पमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र थरुहट तराई विद्यार्थी युनियनका विद्यार्थीले संयुक्तरुपमा मोर्चाबन्दी गरेका छन्। ती दुबै लेक्चरर भने नेबिसंघ सम्बद्ध छन्। उनीहरुले नेबि संघबाट थारुबाहेकका समुदायबाट सभापतिको उम्मेदवारी दिन प्रत्यक्षरुपमा सघाइरहेका छन्। उनीहरुले नेबिसंघका विद्यार्थी नेतालाई भोट दिन विद्यार्थीका अभिभावकसमेतलाई टर्चर दिने गरेको निवेदनमा उल्लेख छ।

सो क्याम्पसमा ३ सय ५० विद्यार्थीमध्ये ३०० थारु विद्यार्थी समुदायका छन। नेपालको सबैभन्दा बढी थारु विद्यार्थीहरुको उपस्थिति रहेको क्याम्पस यही हो। यति धेरै थारु विद्यार्थी हुदाहुँदै गैरथारु सभापतिमा नेतृत्व दिन खोज्नु कमैया प्रवृत्ति रहेको महादेव चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *