थारु संगीतलाई प्रबर्द्धन गर्ने एउटा साँस्कृतिक मञ्च [फाेटाे फिचर]

थारु साँस्कृतिक संगीत विकास मञ्चले चौथो वार्षिक साधारण सभा मनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा साँगीतिक प्रस्तुती देखाइएको थियो । विगत चार वर्षदेखि थारु सँस्कृतिलाई संगीतको माध्यमबाट प्रबद्र्धन गर्दै आएको सो मञ्चले थारु संगीतलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको अध्यक्ष उपेन्द्र चौधरीले जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा थारुहरुको पौराणिक नृत्यहरु देखाइएको थियो ।

कार्यक्रममा साँस्कृतिविद्ध भुलाई चौधरी, ललन चौधरी, अधिवक्ता महेश्वर चौधरी, थारु अभिनेता परशुराम चौधरी, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतले संगीतको माध्यमबाट थारुको उत्थानमा लाग्न शुभकामना दिएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *