६१ वर्षको उमेरमा पार्टी प्रवेश गर्दै शान्ति चौधरीले भनिन्- ‘राष्ट्रिय अखण्डता एमालेले मात्र बचाउनसक्छ’

कवियत्री शान्ति चौधरी नेकपा (एमाले) मा प्रवेश गरेकी छन्। उनले आफू जन्मजातै एमाले भएको दाबी गर्दै एमाले सही सिद्धान्त र सुझबुझ पार्टी भएकाले आफू एमालेमा लागेको बताइन्। ‘म त सामन्ति प्रथाको विरोधी मान्छे, जन्मजातै एमाले हुँ। एमाले नेतृत्वले नै यो देशमा समृद्धिको प्रकाश छर्न सक्छ। राष्ट्रिय अखण्डता एमालेले मात्र बचाउनसक्छ। अरु पार्टीहरुको कुनै सिद्धान्त छैन,’ पार्टी प्रवेश कार्यम्रमा उनले भनिन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टी महासचिव ईश्वर पोखरेलले उनलाई खादा र टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए। ‘६१ वर्षको उमेरमा मेरो सपना सकार भएको छ। सानैदेखि थारु समुदायको कूरिति र अन्धविश्वासविरुद्ध आवाज उठाउँदै आएकाले मलाई त्यतिबेलै कम्युनिष्टको आरोप लगाइएको थियो। मैले पहिलो भोट पनि सूर्यलाई नै दिएको हुँ। मेरो सूर्यप्रतिको मोह र चाहना एकदमै छ,’ उनले भनिन्।

उनले आफू क्यान्सर हुँदा आफ्नै समुदायका सांसद, नेता, मन्त्री र संघसंस्थाले पनि वास्ता नगरेको आरोप लगाइन्। त्यस्तो बेलामा एमाले नेता माधवकुमार नेपालले उपचारको लागि सिफारिस गर्नुका साथै आर्थिक सहयोग पनि दिएको उनले बताए।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य दीलिपकुमार साह, जोगेन्द्रप्रसाद यादव, जीतेन्द्र तिवारी, देवेन्द्र पौडेललगायतले पनि एमाले प्रवेश गरेका थिए।

भिडियो हेर्नुस्: 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *