सिमरा गोल्डकपको फाइनलमा आर्मी र संकटा भिड्दै

नागेन्द्र चौधरी/बारा।

सिमरा गोल्डकपको आठौं संस्करणको उपाधिका लागि शनिबार आर्मी क्लब र संकटा क्लब भिड्दैछन्। हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभुवन आर्मी फाइनल यात्रा तय गरेको थियो भने संकटाले विजय युथलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।

सिमरा रंगशामा हुने खेलका विजेताले ट्रफीसहित पाँच लाख ५१ हजा। नगद हात पार्नेछ भने दोस्रो हुनेले ट्रफीसहित दुई लाख ५१ हजार पाउनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन् भने प्रतियोगिता अवधिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिनेछ।

माघ २० गतेबाट सुरु भएको प्रतियोगितामा मोफसलका पाँच गरी दस टिमो सहभागिता थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *