आन्दोलन ब्युँताउन थरुहट थारुवानको कञ्चनपुरमा आज बृहत आमसभा

थरुहट थारुवान संघर्ष समिति कञ्चनपुरले बृहत् आमसभा आयोजना गरेको छ। पीपलाडीमा हुने आमसभामा कैलाली कञ्चनपुरका शीर्ष थारु नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

थारुहरुको मुद्दा दिनप्रति दिन कमजोर भइरहेको सन्दर्भमा थारु आन्दोलनलाई सशक्त बनाउन आमसभा आयोजना गरिएको बताइएको छ।

आमसभामा कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरी र कञ्चनपुरका संयोजक पुष्कल चौधरीले सम्बोधन गर्ने कार्यक्रम छ।

संघर्ष समितिले गत माघ १५ गते कैलालीमा बृहत् आमसभा गर्ने बताए पनि अन्तिम समयमा स्थगित गरेको थियो। त्यस्तै माघ २१ र २२ गते कैलाली कञ्चनपुर बन्द गर्ने जनाए पनि प्रमुख जिल्ला अधिकारीको अनुरोधमा फिर्ता लिएको यसअघि नै विज्ञप्तीमार्फत् जनाएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *