थारु आन्दोलनलाई सशक्त पार्न कैलालीमा गठन भयो थारु राष्ट्रिय परिषद्

कैलाली- लौटन चौधरीको संयोजकत्वमा ३१ सदस्यीय नयाँ शक्ति पार्टी नेपालको आँगिक संगठन थारु राष्ट्रिय परिषद गठन भएको छ। कैलालीको मसुरियामा भएको पहिलो भेलाले जिल्ला समिति गठन गरेको हो। समितिमा बजारी चौधरी, चन्द्र चौधरीलगायत छन्।

थारुहरुमा राजनीतिक चेतना बढान र थारु समुदायको हक अधिकारबारे सचेतना फैलाउन परिषद् गठन भएको नयाँ शक्तिका कैलाली संयेजक कृष्णकुमार चौधरीले जानकारी दिए।

यो संगठनले पहिचानको लागि भइरहेको थारु आन्दोलनलाई थप बल पुग्ने उनको भनाइ छ। भेलामा नयाँ शक्ति नेपालका जिल्ला संयोजक चौधरीका अलवा केन्द्रीय सदस्य भक्तबहादुर विश्वकर्मा, राजेन्द्र देवकोटा, खडक साउँद, निर्मा चौधरी र इन्दु थारुको सहभागिता थियो।
कार्यक्रम ७ नम्बर प्रदेशका उत्प्रेरक भीम कडायतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *