परिवार दलद्वारा बारामा सदस्यता वितरण

बाराको प्रिपाडी गाविसमा रहेको पश्चिम टोलमा नेपाल परिवार दलले सदस्यता वितरण गरेको छ। जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब एक सय जनालाई सदस्यता वितरण तथा पाटी प्रवेश गरेको बताइएको छ।

उत्त अवसरमा नेपाल परिवार दलका सदस्यहरु गान्धी सहनी, बिन्दा सहनी, कनक चौधरीलगायतको बिशेष उपस्थिति रहेको पार्टी प्रवक्ता उपेन्द्र कुमार पासवानले जानकारी दिए।

पाटी प्रवेश गर्नेमा मदन देवी, गनेश साह, मोल्बी मिया, फरमुल्लाह मियाँ, सन्जय कुमार सिंह, गम्भीरा साहलगाय विभिन्न पाटी परित्याग गरी नेपाल परिवार दलमा प्रवेश गरेको पासवानले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *