सरोज चौधरी २१औं पटक भल्मन्सा चुनिए

प्रेम दहित/धनगढी। धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको भुरा खेल (माघी डेवानी) कार्यक्रम शनिबार धनगढी गाउँमा सम्पन्न भएको छ। गाउँको भुरा खेलले सरोज चौधरीलाई यो वर्ष सर्वसहमतबाट भल्मन्सामा चयन गरेको छ।

उनलाई यो वर्ष २१औं पटक गाउँको भल्मन्सा बनाइएको छ। धनगढी उपमहानगरपालिका–८ को सबभन्दा पुरानो बस्तीको रुपमा रहेको धनगढी गाउँको भल्मन्सामा उनका बाजे मन्ठुराम चौधरी २०४१ सालसम्म र बुवा रामचन्द्र चौधरी २०५२ सालसम्म निरन्तर भल्मन्सा खेलाएका थिए। मने वर्तमान भल्सन्सा तेस्रो पुस्ताको रुपमा २१औं भल्मन्सामा चयन भएका हुन्। त्यसैगरी देशुराम चौधरीलाई सातौंपटक गाउँका चौकीदारमा चयन गरिएको छ।

माघी डेवानी कार्यक्रममा गत वर्षको समिक्षा र यो वर्षको नयाँ रणनितिबारे छलफल गरिएको छ। गाउँभरिको किसानहरुो सहभागितामा भएको कार्यक्रममा थारु समुदायमा परम्परागत चल्दै आएको भल्मन्सा-वडघर-महटवा प्रथालाई नेपाल सरकारबाट कानुनी मान्यता दिनुपर्ने, उपमहमनगरपालिका-नगरपालिका-गाविसमा नेपाल सरकारबाट दिइने विकास कार्यक्रम अन्य कार्यक्रम भल्मन्सा-वडघर-महटवामार्फत जानुपर्ने र वडा नागरिक मञ्चके संयोजक बनाउदा स्वर्य भल्मन्सा-वडघर-महटवालाई बनाउनुपर्ने माग गर्ने निर्णय भएको भन्मन्सा सरोज चौधरीले बताए।

त्यसैगरी चौकीदारहे पहिलेदेखि दिदै आएको वार्षिक प्रतिघर २५ किलो धान वा त्यही अनुसार रकम यो बर्षपनि दिने निर्णय भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *