रेशम चौधरीको मार्मिक भिडियो सार्वजनिक : मलाई निर्वासित जीवन बिताउन किन बाध्य पारियो ?
![रेशम चौधरीको मार्मिक भिडियो सार्वजनिक : मलाई निर्वासित जीवन बिताउन किन बाध्य पारियो ?](https://www.tharuwan.com/wp-content/uploads/2017/02/Resam-Chaudhary.jpg)
रेशम चौधरीले युट्युबमा मार्मिक भनाई सार्वजनिक गरेका छन्। उनले कलाकारिता र पत्रकारितामार्फत् आफूले देशका लागि धेरैथोक गरेपनि आज निर्वासित जीवन बिताउन बाध्य भएको बताएका छन्। उनले देशका के गरेनौं भन्दै प्रश्न गरेका छन्।
‘सबै कुरा जान्दाजान्दै सरकारले निर्वासित जीवन बाध्य बनाइनु अत्यन्त नलायकीपन हो। अत्यन्त दमन हो। हामी कसका लागि लडेनौं। ०४६ सालमा प्रजातन्त्रका लागि लडेनौं। हामी गणतन्त्रका लागि लडेनौं। पहिचानको पक्षमा लडेनौं। यो विषयगत आवाज कसले उठायो। हामीले केवल पहिचान माग्यौं। देश मागेनौं। देश माग्ने हामीसँग हैसियत छैन। किनभने हामी पनि त्यही झन्डामुनि छौं’ भन्दै उनले दुखेसो पोखेका छन्।
सुनौं उनको मार्मिक भिडियो।
Facebook Comment