मधेसी मोर्चाप्रति इंगित गर्दै ओलीले भने, ‘यो देश भोट हालेर बनेको देश होइन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन बेमौसमको बाजा भएकोले आफ्नो पार्टीले यसको सशक्त विरोध गरेको बताएका छन्। सोमबार राजधानीको टेकु चपलीमा कुँवर प्रतिष्ठानले आयोजना गरेको वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘यो देश भोट हालेर बनेको देश होइन, भोट कहाँ हाल्नुपर्छ एमालेलाई राम्ररी थाहा छ, भोट हालेर कयौं देश विघटन भएका छन् ।’ मधेसी मोर्चातर्फ औल्याउँदै ओलीले भने,‘संविधान संशोधन बेमौसमी बाजा हो, एमालेले लोकतन्त्रको खिल्ली उठाएको होइन।’

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अंग्रेजसँगको युद्धका क्रममा बलभद्र कुँवरले नालापानीको किल्ला छाडेजस्तै आफूले पनि गत साउनमा सरकारको किल्ला छाडेको तर संघर्ष भने कायमै रहेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको नामै नलिइकन भने,‘साउनमा नेपालको किल्ला छाडेको छु, यिनीहरुले के गर्छन् भनेर मात्रै मैले किल्ला छाडिदिएको हो ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *