थारुहरुले ‘समाजिक सुसाइड’ गर्ने कि आफ्नो घमन्ड तोड्ने : सांसद रुक्मिणी चौधरी

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष  एवं सांसद रुक्मिणी चौधरीले थारुहरुले ‘समाजिक सुसाइड’ गर्नुपर्ने अवस्था सिर्जना भएको बताएकी छन्। राजधानीमा आयोजित थरुहट थारुवन संयुक्त संघर्ष समितिको विस्तारित भेलामा बोल्दै उनले भनिन्, ‘हामी जीवन मरणको दोँसाधमा छौं। मर्ने हो भने समाजिक सुसाइड गरौं। बाँच्ने हो भने हामीभित्रको घमन्ड त्यागेेर अगाडि बढौं।’

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीको संयोजकत्वमा थरुहट थारुवान संयुक्त संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेको र यसमा धेरै थारु संघसंस्था पनि आबद्ध भएको उनले बताइन्। तर थरुहट थारुवान नामको रथको पाङ्ग्रा बीचमै भाँच्चिएर तितरबितर भएको उनले बताइन्।

रथको पाङ्ग्रा भाँच्चिएर तितर बितर भएपछि थरुहट थारुवन संयुक्त संघर्ष समितिले धेरै आलोचना खेपिरहेको उनले बताइन्। ‘थरुहट थारुवानले चौतर्फी आलोचना खेपिरहेको बेला हाम्रो नेतृत्व कसैलाई मन पराएको छै। त्यसैले अब नयाँ नेतृत्वको खाँचो छ भने कसले नेतृत्व लिने लिन अग्रसर होओस्। हामी त्यसको पछाडि हिँड्न तयार छौं,’ उनले भनिन्।

उनले आफूहरुलाई दोष दिइए पनि दोष दिनेहरुले आत्मलोचना गर्‍यो कि गरेन भन्दै प्रश्न गरिन्। उनले यो भेलामा सबै दल र संघसंस्थाका प्रतिनिधिहरुलाई बोलाइए नि उनीहरु नआएको बताइन्। उनीहरु नआए पनि कसैलाई निषेध नगरेको भन्दै आगामि दिनमा देशको चार वटा स्थानमा यस्तो विस्तारित भेला आयोजना गर्ने उनले बताइन्। ‘यो भेलामा हामीले कसैलाई निषेध गरेका छैनौं। सबैलाई बोलाएकै हौं। बोलाउँदा बोलाउँदै पनि आउँदैज भने घिसारेर ल्याउने कुरा हुँदैन,’ उनले भनिन्।

उनले थारुहरु आन्तरिक द्वन्द्वमा फसेको बताउँदै अब पनि छुट्टाछुट्टै नेतृत्व गर्ने कि एकै ठाउँमा आएर थारु अधिकार सुनिश्चित गराउने प्रश्न गरिन्। ‘हामीले दुइटा माघी गरेर प्रमाण दिइसकेका छौं। त्यो फुट कुनै बाहुनले गराएको थिएन। त्यसले हामी हाम्रो अधिकार सुनिश्चित हुन्छ त,’ उनको प्रश्न थियो।

उनले थरुहट थारुवानको कैलाली समितिले पनि ‘संयुक्त’ शब्द हटाए महान् कार्य गरेको बताइन्। गत माघ १५ गते समितिका राजकुमार लेखी र मलाई बोलाएको थियो। तर हामीले गठबन्धनका नेताहरु आबद्ध भएको कार्यक्रमका जाने कि नजाने संयुक्ति संघर्ष समितिले निर्णय गर्नुपर्ने जवाफ पठाएको उनले बताइन्।

उनले थरुहट थारुवानको कार्यक्रममा थारु पत्रकारहरुले पनि राम्रो भूमिका निर्वाह गर्न नसकेको बताइन्। ‘थारु पत्रकारले त त गर्दैन भने बाहुत पत्रकारले झन् के गर्छ?,’ उनको प्रश्न थियो।

उनले थारु कल्याणकारिणी सभाको समिति बिना कुनै पनि जिल्लामा कुनै पनि नेताले मान्छे जम्मा पार्न नसक्ने दाबी गरिन्। ‘थारु कल्याणकारिणी सभाको जुनसुकै समिति किन नहोस् उनीहरु बिना कुनै पनि थारु नेताले मान्छे जम्मा पार्न सक्दैन। म स्वयंले पनि त्यसको कल्पना गन सक्दिनँ,’ उनले भनिन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *