थरूहट अान्दाेलनकारीलाई तत्काल रिहाई गर्न थरूहट पार्टीकाे माग, भातृ संगठनमा नयाँ नेतृत्व

थरुहट तराई पार्टी नेपालको जनवर्गीय तथा भातृ संगठनको संयुक्त राष्ट्रिय महाधिवेशन माघ १५ र १६ गते कपिलबस्तु जिल्लाको बरकुलपुर स्थित बुद्धभुमी क्याम्पसमा अपार जनताहरुको उपस्थितिमा भव्यरुपले सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं पार्टीको जनवर्गीय तथा भातृ संगठन प्रमुख मिनराज चौधरीको संयोजकत्वमा सम्पन्न भएको संयुक्त राष्ट्रिय महाधिवेशनमा पार्टीका प्रमुख अतिथि एवं केन्द्रीय अध्यक्ष भानुराम थारुले सम्बोधन गर्दैे ‘नेपालक जल जंगल र वन पैदावार बेच्दै राष्ट्रघाती सन्धी गर्नेहरु थारु, आदिवासी जनजाति, मधेसी उत्पीड जाति समुदाय अधिकारका लागि संघरत् रहेको बेला खोक्रो राष्ट्रवादका ठूलठूला कुरा गर्दै जनताहरुमा भम्र छर्न उद्दत रहेको’ बताए ।

आत्मसम्मान, पहिचान, न्याय र अधिकारका लागि शान्तिपूर्ण संघर्षमा होमिएका निहत्था थरुहट आन्दोलनकर्मीहरुलाई टीकापुर घटनामा संलग्न भनी झुठा मुद्दा लगायर फसाइएको हुनाले राज्य सरकारले अविलम्ब उनीहरुलाई निसर्त रिहा गर्नुपर्ने बताए । त्यसैगरी पार्टीका बरिष्ठ नेता एवं सांसद मा. डा. गोपाल दहितले एउटै भाषा एउटै धर्म एउटै संस्कृति संरक्षण गर्ने राज्यको विभेद्कारी नीतिले राष्ट्रियता बलियो नहुँने बताए ।

त्यसैगरी पार्टी उठान गरेका माग मुद्दा, संविधान संशोधन विधेयक र थरुहट आन्दोलनको बारेमा सल्लाहकार मदन कुमार चौधरी, सचिवालय सदस्य राम प्रसाद चौधरी, केन्द्रीय सदस्यहरु राधेश्याम चौधरी, राजमती चौधरी, सोमती चौधरी, कर्मचन्द्र चौधरी, थरुहट नेता राम कुमार चौधरीले धारणा राख्दै पार्टीको जनवर्गीय तथा भातृ संगठनको संयुक्त राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

जनवर्गीय तथा भातृ संगठनमा नयाँ नेतृत्व

पार्टीको जनवर्गीय तथा भातृ संगठनको दुई दिवसीय संयुक्त राष्ट्रिय महाधिवेशनको बन्दसत्रले सिताराम चौधरीको संयोजकत्वमा २७ सदस्यीय थरुहट तराई विद्यार्थी युनीयन, पार्टीका केन्द्रीय सदस्य राधेश्याम चौधरीको संयोजकत्वमा २५ सदस्यीय यूवा युनियन, केन्द्रीय सदस्य राजमती चौधरीको संयोजकत्वमा १८ सदस्यीय महिला युनियन, केन्द्रीय सदस्य सोमती चौधरीको संयोजकत्वमा १४ सदस्यीय सांस्कृतिक युनियन, मोतीराम चौधरीको संयोजकत्वमा १४ सदस्यीय किसान युनियन, केवल चौधरीको संयोजकत्वमा ८ सदस्यीय शिक्षक युनियन, दिनेश दहितको संयोजकत्वमा ५ सदस्यीय पत्रकार युनियन गठन भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *