रामबहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति

दाङको देउखुरीस्थित जय गुरूदेव धर्म विकास संस्थाको प्रथम साधारण सभाले रामबहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। थरुहट तराई पार्टी (लोकतान्त्रिक) की सांसद गंगा चौधरीको प्रमुख आतिथ्यमा शनिबार देउखुरीमा सम्पन्न भएको साधारण सभाले रामबहादुर चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। साधारण सभाले देउखुरीमा हुने समाज सेवा विषेश भूमिका खेल्ने निर्णय गरेको छ।

१८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष पुनराम खरेल, सचिवमा शालिकराम पराजुली, सहसचिवमा बेदनारायण चौधरी र कोषाध्यक्षमा श्रीमती गौरी चौधरी चयन भएकी छिन् । सदस्यहरूमा कृष्णलाल गुप्त हलवाई, विष्णुप्रसाद चौधरी, राहुलदेव चौधरी, मानप्रसाद थारु, ओमप्रकाश चौधरी, मंगलप्रसाद चौधरी, सुधिराम चौधरी, टुल्कबहादुर शाह, श्रीमती लीक्ष्मीदेवी चौधरी, श्रीमती सीतादेवी चौधरी, श्रीमती रामपति चौधरी र श्रीमती सन्नौली चौधरीय रहेका छन् ।

संस्थाको सल्लाहकारमा नन्दकुमार चौधरी, सांसद गांगा चौधरी र मोतीलाल चौधरीलाई चयन गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *