सेक्सलाई लिएर हैरान हुनुहुन्छ? जान्नुस् यी चार कुरा

सेक्सबारे तपाइँले कतिको चिन्तन मनन गर्नुहुन्छ? एक शोधका अनुसार डरका कारण पनि सेक्सका बेला बढी दुखाइ हुने गर्छ। उक्त रिपोर्टका अनुसार हरेक दस महिलामा एक महिलाले सेक्सका दौरान दुखाइ महसुस गर्छन्।

रोयल कलेज अफ अब्सटेट्रिशियन्स र ग्यानोकोलोजिस्टका एडी मोरिसले आफ्नो जीवनलाई सुधार गर्ने बेला भएको बताए। उनले भने, ‘सेक्सबारे गरिने डर र चिन्ताका कारण पनि यस्तो हुनेगर्छ।’

तपाइँ १६-२४ वर्षको हुनुहुन्छ र सेक्सको अनुभव लिन जाँदै हुनुहुन्छ भने तपाइँका लागि यी चार कुरा लाभदायक हुनसक्छ।

खुलेर कुरा गर्ने

दुई पार्टनरको चाहना बेग्लाबेग्लै हो भने सेक्स पीडादायी हुनसक्छ। किनकि दुबैको चाहना एकैप्रकारको नहुन पनि सक्छ। यस्तो बेला दुबैले सेक्सबारे खुलेर कुरा गर्न जरुरी हुन्छ। एडी मोरिसका अनुसार भावनात्मक सम्बन्धले सेक्सलाई सहज बनाउन मद्दत गर्छ। यसले सेक्स जीवनलाई नै प्रगाढ बनाउनेको उनको तर्क छ।

गर्भनिरोधबारे चर्चा

यौन सम्पर्कपछि कतै गर्भ रहने त होइन भन्ने चिन्ता पनि बम युवापिढीमा हुने गर्छ। यो मामिलामा युवतीहरु बढी गम्भीर हुने गर्छन्। त्यस्तै आफ्नो पार्टनरसँग यसबार पनि कुरा गर्न जरुरी हुन्छ। यौन सम्पर्कका बेला अपनाउन सकिने सावधानीबारे खुलेर कुरा गर्न जरुरी रहेको एडी मोरिसले बताए।

चिन्ता नलिनुस्

यौन सम्पर्कको बेला एक दुईपटक पीडा महसुस गर्नुभएको छ भने यो ठूलो कुरा होइन। यसमा चिन्ता लिन जरुरी छैन। तर तपाइँको अनुभव त्यसबेला राम्रो हुन जरुरी छ।

मेडिकलको सल्ला लिनुस्

यदि यौन सम्पर्कको बेला लगातार पीडा हुन्छ भने मेडिकलको सल्लाह लिन आवश्यक हुन्छ। किनकि दुखाइको कारण अरु पनि हुनसक्छ। यस्तो राम्रो सल्लाह डाक्टरले नै दिन सक्छन्।

बीबीसीबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *