शनिबार हुने भनिएको धनगढीको बृहत आमसभा स्थगित, बन्द पनि फिर्ता

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले भोलि शनिबार आयोजना गर्ने भनेको बृहत आमसभा स्थगित भएको छ। थरुहट तराई पार्टी नेपालको विशेष आग्रहमा आमसभा स्थगित गरेको जारी विज्ञप्तीमा उल्लेख छ। सो पार्टीको शनिबार कपिलवस्तुमा विभिन्न भातृसंस्थाहरुको अधिवेशन हुँदैछ। 

संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीका अनुसार आमसभामा पहिचान पक्षधर दल र संघ संगठनका शीर्ष नेताहरुद्वारा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायत थारु मधेसी दलका शीर्ष नेताहरु सम्बोधन गर्ने कार्यक्रम थियो।

त्यस्तै समितिले माघ २० र २१ गते कैलाली कञ्चनपुर बन्द गर्ने कार्यक्रम पनि स्थगित गरेको छ। भूपू सैनिकहरुको राष्ट्रिय सम्मेलन कैलालीमा आयोजना हुने भएकाले प्रमुख जिल्ला अधिकारीको विशेष आग्रहमा कार्यक्रम फिर्ता लिएको विज्ञप्तरीमा जनाएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *