थारु महिला सभा नवलपरासीमा नयाँ नेतृत्व चयन, हेर्नुस् भिडियो

थारु कल्याणकारिणी सभाको भातृसंस्था थारु महिला सभा नवलपरासी जिल्ला अधिवेशनले टीका कुमारी महतो नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। ‘समानुपातिक सहभागिता, आजको आवश्यकता, पहिचानसहितको संघियता, लोकतन्त्रको विशेषता’ भन्ने मूल नारासहित सम्पन्न दोस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमासम्झना महतो, सचिवमा गंगा महतो, सहसचिवमा दयावान्ति कुमारी राय र कोषाध्यक्षमा हरिमाया महतोलाई चयन गरेको छ।

त्यस्तै सदस्यमा इन्द्रावती पंजियार, सावित्रा चौधरी, अनिता महतो, मजन कुमारी थनेत, हाई माया महतो र यमकुमारी महतो छन्। केन्द्रीय अध्यक्ष अध्यक्ष हरिदेवी चौधरी, उपाध्यक्ष भगवती चौधरीलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो।

हेर्नुस् भिडियो




Leave a Reply

Your email address will not be published. Required fields are marked *