थरुहटका ५ जिल्लालाई थारु सांस्कृतिक भिलेजकोरुपमा विकास गरिने

महतवा, बडघर र भलमन्सा महासंघ नेपालले पश्चिम नेपालका ५ जिल्लालाई थारु सांस्कृतिक भिलेजकोरुपमा विकास गर्ने भएको छ । यही उदेश्यले महासंघले दाङमा २ दिने वृहत् ऐतिहासिक थारु सांस्कृतिक महोत्सवको तयारी थालेको छ । 

यही माघ १२ र १३ गते पश्चिम दाङको चखौरामा हुने महोत्सबले थारु संस्कृतिको संरक्षण हुने र त्यसबाट सांस्कृतिक भिलेजको रुपमा बिकास हुने महासंघका अध्यक्ष डिल्लीबहादुर चौधरीले जानकारी दिए । पश्चिम नेपालका बिभिन्न जिल्लाका १६ स्थानलाई सांस्कृतिक भिलेजको रुपमा बिकास गरिने अध्यक्ष चौधरीले बताए।

उक्त भिलेजमा पुरानो भेषभूषा, पुराना सामान, परम्परागत गीत तथा नृत्यको संरक्षण गरिने र आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा बिकास गरिने जनाइएको छ । थारु संस्कृतिको संरक्षण र प्रर्बद्धन गर्ने उदेश्यले अब हरेक बर्ष महतवा, बडघर र भलमन्सा महासंघको आयोजनामा दाङको चखौरामा माघी मिलन तथा बृहत् ऐतिहासिक सांस्कृतिक कार्यक्रम हुने भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *