जबरजस्ती चुनाव गरिए अर्को टीकापुर घटना घट्ने गंगाको चेतावनी

सांसद गंगा थारुले अर्को टीकापुर घटना दोहोरिनसक्ने चेतावनी दिएकी छन्। ब्यवस्थापिका संसदमा शुक्रबार बोल्दै उनले थारुको मुद्दा पूरा नगरी चुनावको तयारी गरेको भन्दै कडा आपत्ति जनाइन्।

‘थरुहट आन्दोलनकारीलाई जेलमा थुनेर संविधान जारी भयो। अहिले फेरि थारुको माग पूरा नगरी चुनावको तयारी परिकल्पना गरिँदैछ। सरकारले जबरजस्ती चुनाव गरे फेरि टीकापुर आन्दोलन नदोहोरिएला भन्न सकिन्न। त्यस्तो घटना घटे त्यसको जिम्मेवार पनि सरकार हुनेछ,’ उनले संसदमा भनिन्।

उनले थारु समुदाय विगत डेढ वर्षदेखि आन्दोलनरत रहेको उल्लेख गर्दै सरकारले थारुलाई आफ्नो नागरिक नभएकोजस्तो ब्यवहार गरेको आरोप लगाइन्। उनले कैलाली कञ्चनपुरबिनाको ५ नम्बर प्रदेश अपुरो रहेको बताउँदै त्यस्तो प्रदेश स्वीकार्न तयार नरहेको बताइन्।

उनले उच्च अदालतमा नियुक्त गरिएको न्यायाधीश पनि समानुपातिक समावेशीताको आधारमा नभएको आरोप लगाइन्। संविधानले हरेक निकायहरु समानुपातिक समावेशी रहने अधिकार दिए पनि उच्च अदालतमा त्यस्तो नभएको देख्दा दुःख लागेको उनले बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *