धनगढीमा खोज्नी बोजनी मेला सुरु

प्रेम चौधरी/धनगढी।

कैलालीको धनगढी उपमहानगरपालिकामा तीन दिने माघी डेवानी तथा खोज्नीबोज्नी कार्यक्रम सुरु भएको छ। कला संस्कृतिको संरक्षण तथा सम्बर्द्धन र राज्यबाट पाउनु पर्ने अधिकारको माग गर्दै यहाँका थारु समुदायले माघी खोज्नीबोजनी मेला आयोजना गरेका हुन्।

थारु समुदायमा माघ महिनालाई विशेष महिनाको रुपमा लिँदै आइएको छ। महिनाभरि वर्षौदेखि गर्दै आएको गतिविधिबारे जानकारी दिने, नयाँ नेतृत्व चयन गर्नेलगायत उदेश्यका साथ धनगढी उपमहानगरपालिका–५ तारानगर, जाई, जाली, हसनपुर र मटियारीस्थित थारुहरुले संयूक्त रुपमा विहीबारदेखि तारानगर देउथान मार्गमा मेला सुरु गरेका छन्।

मेलाको उदघाटन कार्यक्रममा थारु अगुवाहरुले माघ महिनामा गरिने महत्वपूर्ण क्रियाकलापबारे जानकारी गराउदै खोसिएको अधिकारको लागि आब राज्यबाट खोज्नीबोजनी गर्ने बेला आएको बताए।

थरुहट÷थारुवान संयूक्त संघर्ष समिति कैलाली÷कञ्चनपुरका संयोजक प्रभातकुमार चौधरीले नयाँ संविधान थारुहरुलाई पूर्ण अधिकार नदिएको आब सरकारसंग खोज्नीबोजनी गर्ने बेला आएको बताए। थारुहरुलाई अधिकार दिए जस्तो गर्ने तर राजनीतिक, सांस्कृतिक अधिकारबाट बञ्चित गर्दै आएकोले आब माग पुरा गराउन एकचोटी फेरी उठ्ने बेला आएको संयोजक चौधरीले बताए।

जिल्ला विकास समिति कैलालीका योजना अधिकृत हर्कबहादुर कठायतले थारु समुदाय रीति, कला संस्कृति परम्पराको धनी समुदाय रहेकोले यसलाई जोगाई राख्न आग्रह गरे। हरेक समुदायको भाषा, कला, संस्कृति जोगनु सरकार दायित्य रहेकोले जिविसबाट हुने सहयोगको लागि आफु पछि नपर्ने प्रतिबद्धता जनाए।

थारु कल्याणकारिणी सभाका केन्द्रीय उपमहान्त्री इन्दिरा चौधरी दबाइएका अधिकार खोज्न युवापिढी जागरुक भएरहेको बताइन्। माघ महिनामा हरेक गाउँ, प्रत्येक घरको लागि हरहिसाब वार्षिक योजना बनाउन महत्वपूर्ण मानिए पनि टीकापुर घटनामा झुठ्ठा मुद्दा लगाएर करागारमा राखिएको २५ जना घरमुलीको घरमा खोजनीबोजनी कसरी हुने भनेर प्रश्न गरेकी थिइन्। त्यस्तै उनले समुदायले आफ्नै खानपान, पहिरनलाई हेला गरेकै कारण लोप हुँदै गएको पनि तर्क गरिन्।

थारु युवा ठाकुरप्रसाद करियाप्रधानले पुर्खाले सिखाएका सीप युवा पिढीले आंगल्न जरुरी रहेको बताए। कला, संस्कृति भेषभुष परम्परा रहे पहिचान आफैँ जर्गेना हुने भन्दै यूवा पुस्तापनि आब हकअधिकारको लाग अघि सर्नुपर्ने बेला आएको बताए।

माघ ८ गतेसम्म सञ्चालन हुने मेलामा प्रत्येक दिन सांस्कृतिक झाँकी र थारु कलाकारहरुको प्रस्तुति रहँदै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *