माघीमा थारु ब्यक्तित्व सम्मानित

थारु कल्याणकारिणी सभा र थारु महिला सभाले सुनसरीका विभिन्न स्थानमा माघी पर्व मनाएका छन्। थारुहरुको भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्ने उद्देश्यका साथ माघी आयोजना गरिएको थियो। महोत्सवमा थारु नृत्य, पौराणिक नाच, थारु खानपान, थारु संस्कारको विशेष प्रस्तुती रहेको थियो।

थारु कल्याणकारिणी सभाका सुनसरी अध्यक्ष विजय चोधरीले थारु जाति अझैपनि हरेक क्षेत्रमा पछाडि परेको बताए। उनले अधिकार र पहिचानका लागि सबैले आफ्नो क्षेत्रबाट हातेमालो गर्नुपर्ने बताए।

कार्यक्रममा समाजमा योगदान पुर्‍याएका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा अभिनेता पशुराम चौधरी र पत्रकार कुलदिप चौधरी छन्। उनीहरुले चलचित्र र पत्रकारिता क्षेत्रबाट समाजलाई पुर्‍याएको योगदानस्वरुप सम्मान गरिएको आयोजकले जनाएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *