नारायण प्रसाद महतो, जसले खिचरा महोत्सवलाई ‘ब्रान्ड’ बनाए

कारी महतो/चितवन।

चार वर्ष अगाडिदेखि हुँदै आएको खिचरा महोत्सव मूल आयोजक समितिको संयोजक नारायण प्रसाद महतो हो भन्ने कुरा धेरैलाई थाहा छ। तर अनको पुरै परिचय सबैलाई थाहा नहुन सक्छ। संसारकै सबैभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई मेलाको मुख्य पुजारी मंगल चौधरीको साख्खै ज्वाई (दामाद) हुन् नारायण प्रसाद महतो।

उनी २०६९ सालमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ का क्षेत्रीय सभापतिको रुपमा निर्विरोध निर्वाचित भएका थिए। ३३ वर्षीय नारायण प्रसाद महतो स्व. श्याम सुन्दर चौधरी र स्व. कमला चौधरीका दुई छोरा मध्ये जेठा छोरा हुन्। कम उमेरमै टुहुरो भएका नारायणको परिवारमा अहिले श्रीमति रञ्जु चौधरी, १२ वर्षीय छोरा घनश्याम चौधरी, भाई नेत्र चौधरी, नेत्रका श्रीमति र एक बच्चा गरी जम्मा ६ जनाको परिवार छ।

राजनीतिक रुपमा उनी फोरम लोकतान्त्रिकको भातृसंगठन युवा फोरमको केन्द्रीय सदस्य हुन्। तर थाकसको क्षेत्रीय सभापतिमा रहेर उनले कुनै किसिमको राजनीतिक गन्ध आउन दिएका छैन। चार वर्षसम्म उनकै संयोजकत्वमा खिचरा महोत्सवको आयोजना भए पनि उनले आफ्नो दलको नेतालाई प्रमुख अतिथिका लागि कहिल्यै निमन्त्रणा गरेनन्, यद्यपि उनको नेता विजय कुमार गच्छदार बारम्बार मन्त्री पदमा पुगेका थिए। त्यसो त उनी संविधान सभाको निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नं. १ को प्रत्यक्षबाट चुनाव भने लडेका थिए।

उनको अनुसार राजनीति एउटा पाटो हो भने थाकस अर्को पाटो हो। उनी थाकसको क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि लगातार हरेक वर्ष खिचरा महोत्सवका साथै अन्य थुप्रै कार्यक्रमको आयोजना भएको छ। त्यति मात्र नभई चितवनको अन्य क्षेत्रहरुको तुलनामा अन्य कार्यक्रमहरु पनि उलेख्य मात्रामा भएको छ।

उनी सामाजिक र राजनीतिक क्षेत्रमा मात्र नभई व्यापारिक र व्यावसायिक क्षेत्रमा पनि उत्तिकै समय दिने गर्छन्। उनले करीब १५ वर्ष ट्रयाकटर पार्टस्को व्यापार गरेर गतवर्षदेखि त्यो व्यापार छाडी कुखुरापालन व्यावसायतर्फ आकर्षित भएका छन्। हाल खैरहनी नगरपालिकाको सुर्ताना गाउँमा उनले तीन हजार लेयर्स जातको कुखुरा पालेका छन्। सबैतिर उनले भ्याएकै छन्। तर कसरी भ्याउछन् उनैले जानून्।

धेरै व्यस्त हुने समयमा उनी जम्मा तीन घण्टा मात्र सुत्छन्। त्यसो त उनका भाई नेत्रले भने उनलाई हरेक क्षेत्रमा सघाएका छन्। नारायणको क्रियाशीलता र क्षमता देखेर राजनीतिक दलका स्थानीय नेताहरु र्या ल चुहाउँछन्। नारायणलाई आफ्नो पार्टीमा ल्याउन पाए त धेरै राम्रो हुन्थ्यो भन्ने गर्दछन्। कतिपय ठूला दलका स्थानीय नेताहरुले उनलाई प्रस्ताव समेत राख्ने गर्छन्। तर उनको स्वभाव एउटा उद्देश्य लिएपछि पुरा गरेरै छाड्ने खालको भएको हुँदा उनी दल चाहार्न चाहदैन। राजनीतिक दलमा आबद्ध भएता पनि उनले न त थाकसलाई एकलौटी ढंगले आफ्नो दलतिर झुकाएका छन्, न त झुक्न दिएका छन्। चौथो खिचरा महोत्सवको मूल आयोजक समिति र विषयगत उपसमितिहरुमा पनि एकलौटि ढंगको हुन नदिई सर्बदलिय बनाउन सफल भएका छन्।

खिचरा महोत्सवलाई ब्राण्ड बनाएर छाड्ने मात्र नभई थारु साँस्कृतिक संग्रहालय भवन निर्माण गरी त्यसमा थारु संस्कृति अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने उद्देश्य अनुरुप खिचरा महोत्सवलाई चौथो संस्करणसम्म पुर्यातउन सफल त भए। तर चौथो खिचरा महोत्सव लगत्तै क्षेत्रीय अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्ने कुरामा भने उनी चिन्तित छन्। उनी यस मानेमा चिन्तित छन् कि नयाँ कार्यसमितिले महोत्सवलाई निरन्तरता दिन्छ कि दिदैंन। आफूले दोहोर्याछएर सभापतिको उम्मेदवारी नदिने मनसाय बनाएको भएता पनि खिचरा महोत्सवको निरन्तरताको लागि भने उनले सक्दो सहयोग गर्ने जनाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *