थारु पत्रकार संघ बाराको कार्यालय स्थापना

थारु पत्रकार संघ बाराको कार्यालय आज स्थापना गरिएको छ । कलैया नगरपालिका वडा नम्बर ५ पन्नावागमा रहेको थारु कल्याणकारी सभाको भवनमा स्थापना गरिएको संघको कार्यालयको बाराका प्रमुख जिल्ला अधिकारी विजयकृष्ण मानन्धरले आज उदघाटन गर्नुभएको हो ।

भवन उदघाटपछि बोल्दै प्रमुख अतिथि समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी मानन्धरले नेपालमा बसोवास गर्ने सबै समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको कर्तव्य रहेको बताउनुभयो । उहाँले संस्कृतिको धनी थारु समुदायको नेपालमा अहम भूमिका रहेको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी मानन्धरले राज्यले सबै भाष, संस्कृति र समुदायलाई समान व्यवहार गर्ने बताउनुभयो ।

थारु पत्रकार संघ बाराकी अध्यक्ष रेनु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद दिलमाया धामी, कलैया स्थित नेपाली सेनाका कर्णेल संतोष कार्की, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपाने, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल उपाध्याय लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यलयको उदघाटनपछि उपस्थित अतिथिहरुलाई थारु समुदायको परिकारले स्वागत गरिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *