एमाले आफैँ विखण्डनकारी पार्टी हो : ठाकुर

नागेन्द्र चौधरी, पुस।

तराई मधेस दलित उत्थान मन्च बाराको आयोजनामा भएको दलित सम्मेलन तथा सहभोज कार्यक्रमको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले शनिबार कलैयामा उदघाटन गरेका छन्। समाजमा सदियौंदेखि विद्यमान छुवाछुत तथा भेदभावलाई निस्तेज गर्नका लागि आयोजना गरिएको सहभोज कार्यक्रमलाई सम्बोधन गरिँदै उनले भेदभाव तथा छुवाछुत जस्ता समाजिक विकृतिलाई जरैबाट हटाउने कुरामा जोड दिए।

कुनै धार्मिक तथा अन्य कारण नभई रुढीवाढीका कारणले समाजमा आफनो वर्चस्व कायम गराउनका लागि शासकहरुले जातपातको विभाजन गरिएको तर्क गरिदै दलित समुदायका ब्यक्तिलाई पनि आफूभित्र रहेको हिनताबोधलाई त्याग गरी अगाडि बढन सुझाव दिए।

ठाकुरले संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको धरणा  बताउँदै  संसोधनले भाषा, नागरिकता, सीमना र संविधानमा दलित, मुस्लिम, आदीवासी , मधेसी तथा सीमान्तिकृत समुदायको हकअधिकार सुनिश्चित हुने बताए। अहिले नेकपा एमालेले संविधान संशोधनले मुलुकमा विखन्डन हुने खालका भ्रामक अभिव्यक्ति दिएको उनको आरोप थियो।

एमाले पार्टी आफैँ विखन्डनबादी पार्टी रहेको बताउँदै उनले संघीयता एमालेलाई नपचेको दाबी गरे। ठाकुरले अहिले पनि विभिन्न बहनामा सरकारले मधेस केन्द्रीत दलसँग गरेको सम्झौताहरु पालना नगरेको आरोप लगाए। उनले तीन ठूला राजनीतिक दलहरु मधेसको मुद्दाप्रति संवेदनशील नरहेको आरोप लगाए।

दलित सम्मेलन तथा सहभोजका संयोजक नन्दुरामको सभापतित्वमा सम्पन सो कार्यकम्रमा तमलोपाका महामन्त्री जितेनद्र सोनल, राजनीतिक विशलेषक तुलानारायण साह, जय निसान्त, महिला आयोगका पूर्व अध्यक्ष शेख चान्दतारा, तमलोपाका केन्द्रीय सदस्यहरु नवलकिशोर सिह, श्याम गुप्ता, सुरेश मण्डल लगाएतकाले छुवाछुत जघन्य अपराध भएको कुरामा जोड दिएका थिए।  छुवाछुतसम्बन्धी कानुन प्रभावकारी नरहेको भन्दै दरिलो कानुन निर्माण गरी कार्यन्वयन गर्न सरकारसँग वक्ताहरुले आग्रह गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *