जितपुर-रङ्गपुर सडक निर्माणमा समस्या

नागेन्द्र चौधरी/बारा।

बाराको गढिमाइ नगरपालिका अन्तरगत पर्ने जितपुरबाट पर्साको रंगपुर सम्मको सडक निर्माण कार्य अन्तरगत जितपुरमा पर्ने ३ सय मिटरको बाटो निर्माणमा समस्या देखिएको छ । राष्ट्रिय ग्रामिण यातायात सुदृढीकारण कार्यक्रम पर्साले निर्माण गर्न लागेको योजना अन्तरगत बाराको जितपुरमा पर्ने ३ सय मिटरको बाटो निर्माण कार्यमा समस्या देखिएको हो ।

८ महिना पहिले राष्ट्रिय ग्रामिण यातायात सुदृढीकारण कार्यक्रम पर्साले पपु कन्ट्रक्सनलाइ ठेका दिएपनि बाराको जितपुरमा रहेको ३ सय मिटर बाटो निर्माण कार्यमा समस्या देखिएको स्थानियले बताएका छन् । १५ महिनामा बाराको जितपुरबाट पर्साको रंगपुरसम्म कालो पत्रे गर्न सो ठेक्का दिइएको हो ।

स्थानियहरुले पर्सामा पर्ने सडकको काम शुरु भएपनि बाराको जितपुर अन्तरगत रहेको सडकमा काम सुरु नभएको प्रति चासो ब्यक्त गरेका छन् । ठेका अनुसार बारा र पर्साको सिमानामा पर्ने चोर्नि गाविस ८ देखि रंगपुसम्मको काम शुरु भएपनि बाराको जितपुरमा रहेको ३ सय मिटर सडकको काम शुरु हुन नसकेको हो ।

गढिमाइ नगरपालिका र जिल्ला विकास समिति पर्साबीच समान्वय हुन नसकेकै कारण सडक निर्माणमा समस्या आएको योजनाका प्रमुख इन्जीनीयर प्रकाश अधिकारीले बताए । उनले जितपुुरमा पहिले देखिनै कालो पत्रे रहेको बताउदै त्यसलाइ उखालेर पुनः काम गर्दा समय धेरै लाग्ने भएकोले सो ३ सय मिटरको काम अन्त्यमा गर्ने योजनाको लक्षय रहेको जानकारी दिए ।

यसैबारेमा गढिमाइ नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराज बेलबासेले नगरपालिकालाइ कुनै आधिकारीक जानकारी नआएको बताएका छन् । उनले पर्सा जिल्ला अन्तरगतको योजना भएकोले आधिकारीक जानकारी नआएसम्म आफुलेहरुले कुनै काम गर्न नमिल्ने बताए । उनले आफु विकासको विरोधी नभएको भन्दै यस योजनाबारे ब्यक्ति रुपमै पहल अगाडी बढाउने प्रतिबद्वता ब्यक्त गरे ।

करिब १४ करोडको लागतमा निर्माण हुन लागेको यस सडकलाइ १५ महिनामा पुरा गर्ने लक्ष्य रहेको राष्ट्रिय ग्रामिण यातायात सुद्रिढिकारण कार्यक्रम पर्साले जनाएको छ । बाराको जितपुर देखि पर्साको रंगपुरसम्म निर्माण हुन लगेको बाटोको कुल लम्बाइ १७.५ किलोमिटर रहेको र ८ महिना बितिसक्दा समेत यस योजनाको काम ३० प्रतिशत मात्र भएको पाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *