राजधानीमा पहिलाेपटक थारु भाषाको नाटक मञ्चन हुँदै

गुरुकुलमा कमलरी नाटकको मञ्चनपछि राजधानीको नाटक घरमा थारु नाटकको खडेरी नै परेको थियो । यस्तोमा दर्शकलाई फरक स्वाद दिलाउन लामो समयपछि केही रङ्गकर्मीहरु जुर्मुराएर थारु भाषा र समुदायमा आधारित नाटक तयार पारेका छन् । पुस १५ देखि २३ गते सम्म सर्वनाम थिएटर, कालिकास्थानमा सुशील चौधरीको लेखनमा ‘भुरभुरा रहर’ नाटक मञ्चन हुँदैछ । यसको निर्देशन प्रणव आकाशले गरेका छन् ।

सखिया नाच्न मुजुरा नहुँदा व्यथित छोरीको रहर पूरा गर्न बाबुले भेंडा मात्रै होइन, आमाको गहना समेत बेच्छन् । यसमा माछा मारेको, गुरुवा बनेको, बाँदर नचाएर सिधा उठाएको लगायत दृष्य छ । निर्देशक प्रणवले थारु समुदाय तथा भाषाभाषीको लागि भुरभुरा रहर एउटा महान चाड रहेको बताए । ठेट दङ्गाली थारु लवजमा नाटक मञ्चन हुने भएकाले यसलाई दर्शक तान्न भने गाह्रो छ ।

नन्दुराज चौधरी, इन्द्र चौधरी, अन्जु चौधरी, दोषहरण चौधरी, भूमिका चौधरी, गायत्री चौधरी, शान्ति चौधरी, दीपा चौधरी, सरिता चौधरी पछल्डंग्या, भीष्मा चौधरी, निरज चौधरी, दीपक चौधरी दीप र जीतु चौधरीले अभिनय गरेका छन् । यस नाटकलाई चम्पन सांस्कृतिक समूहले प्रस्तुत गरेको छ । समूहका अध्यक्ष नन्दुराज चौधरीका अनुसार प्रविधिले साथ दिएमा माघी महोत्सव टुँडिखेलमा पनि नाटक मञ्चन गरिनेछ ।

थारु भाषामा नाटक रहेकाले दर्शक नआइ हल भाडा तिर्न समस्या पो होला कि भन्ने पीर नाटक टोलीलाई छ । त्यसैले, अभियानको रुपमा रहेको नाटक तयारीका लागि भुरभुरा रहर नाटक परिवार सहयोगी हातहरुलाई स्वागत गर्न तयार रहेको कुरा बताएको छ । राजनितिज्ञ, पत्रकार, समाजसेबी, चलचित्रकर्मी, दर्शक लगायत सम्पुर्ण बौद्धिक वर्गमा सकेको सहयोग गरिदिन अनुरोध गरेको छ ।

सम्पर्क व्यक्तिहरुमा नन्दुराज चौधरी (९८५१०६९२०१) र सुशील चौधरी (९८४८०८१७२२)रहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *