साधारण सदस्यसमेत नरहनेगरी सांसद गंगा चौधरीलाई पार्टीबाट निकालियो

थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरी (सत्गौंवा)लाई पार्टीबाट निष्काषन गरेको छ। पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरित कार्य गरेको भन्दै पार्टीबाट निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

‘पटक-पटक सचेत गराउँदा पनि बारम्बार अनुशासन उलंघन गर्दै अन्ततः थरुहट आन्दोलन, शहीदहरुको बलिदानीको अपमान र आन्दोलनको क्रममा उठाइएका माग मुद्दालाई लत्याउँदै पार्टीलाई धोखा दिई निहित व्यक्तिगत स्वार्थका लागि केवल आफ्नो सांसद पद जोगाउन र पहिचान तथा अधिकारविरोधी शक्ति केन्द्रहरुको लोभलालचमा परी नयाँ पार्टी खोल्नेसम्मको हर्कत गरेको हुनाले चौधरीलाई व्यवस्थापिका संसदमा रहेको सांसद पदबाट फिर्ता बोलाउँदै पार्टीको केन्द्रीय उपाध्यक्षसहित साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निस्काशन गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ।

Tharuhat Terai Party Press Realese




Leave a Reply

Your email address will not be published. Required fields are marked *