गैंडाको अाक्रमणबाट शेरगन्जकी तीन वर्षीया बालिकको मृत्यु

जीतनारायण थनेत/नवलपरासी।
नवलपरासीको कावासोती १५ शेरगञ्जमा गैंडाको आक्रमणबाट एक जना बालिकाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार शेरगञ्ज निवासी ३ वर्षीया सोयता महतोको गैँडाको आक्रमणबाट ज्यान गएको हो।

आज बिहान सवा नौ बजेको समयमा घरमा आगो तापिरहेका बेला गैंडाले आक्रमण गर्दा गम्भीर घाइते भएकी सोयताको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।

गैंडाको आक्रमणबाट मृतक सोयताकी हजुरआमा ७० वर्षीय बुद्धि कुमारी महती गम्भीर घाइते भएकी छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *