हाइजम्पमा केशरी चौधरीले जितिन् स्वर्ण, यो नै अन्तिम पदक !

चिकित्सको सुझाव थियो- अब उफ्रने स्पर्धामा नउत्र। तर केशरी चौधरीको कला नै उफ्रने र दौडने हो। उनले यही नशाको कारण ढाडको नशा च्यापिएको दुखाइ लाई लुकाइन् र उफ्रिइन्। अन्ततः छैटौंमा झैँ सातौ राष्ट्रिय खेलकुदमा पनि महिला हाइजम्पको स्वर्ण उनकै नाममा रह्यो। तर यो स्वर्णसँगै उनले हाइजम्पको यात्रालाई अब सधैँका लागि बिसाएकी छिन्।

चार वटा राष्ट्रिय कीर्तिमान बनाएकी केशरी चौधरी नेपाल प्रहरीसँग आबद्ध खेलाडी हुन्। उनले हर्डल्स, हाइजम्प, लङजम्प र ट्रिपल जम्पमा वर्चश्व नै कायम गर्दै आएकी छिन्। दशक लामो अभियानमा उनलाई यही खेलका कारण ढाडको समस्याले नराम्ररी थलायो। चिकित्सकीय परीक्षणपछि उनलाई हाइजम्प जस्ता खेलहरुमा सहभागी नहुन चेतावनी नै दिइयो। तर चिकित्सकीय सुझावको अपमान गर्दै पुनः हाइजम्पमा स्वर्ण जितेकी केशरीले अब भने चिकित्सकको सुझावको सम्मान गर्ने अटोठ गरेकी छिन्। उनले पूर्वाञ्चलको यात्रामा पनि स्वर्ण सफलताको कथा दोहोर्याइन तर अब हाइजम्पमा भने उनी दोहोरिएर नदेखिने भएकी छिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *