बाराबाट थारु भाषाको पत्रिका प्रकाशन हुने

मोहित चौधरी/बारा

बाराको गढीमाई नगरपालिका-५, मा वडा विकास र जातीय उत्थानको लागि वडा स्तरीय भेला सम्पन्न भएको छ। थारु भाषाका आँशुकवि हृदय नरायण चौधरीको अध्यक्षतामा बकुलियामा भएको भेलाले नगरपालिकाबाट छुटयाइएको रकमबाट बकुलियाले धर्म, भाषा र साँस्कृति जर्गेना गर्न पत्रिका प्रकाशन गर्ने तयारी भएको बताइएको छ। साँस्कृति संरक्षण गर्नका लागि पत्रिका प्रकाशन गर्न जरुरी रहेको भेलामा सहभागीहरुले जनाएको छ।

आदिवासी थारुको लागि छुटयाइएको थारु भाषा, सँस्कृति जोगाउन मासिक पत्रिका निकाल्ने तयारी भएको हो। पत्रिकाको नाम इजोत रहने र पत्रिका थारु भाषामा प्रकाशित हुने कबि चौधरीले बताए। थारुहरुले मनाउने पर्वहरु लोप हुँदै गएकोप्रति दुखेसो पोख्दै त्यसलाई बचाउन सहभागी सबैलाई उनले आग्रह गरेका थिए। मासिक पत्रिकाबाट सुरु गरेपनि भविष्यमा त्यसलाई साप्ताहिक हुँदै दैनिक बनाउन सकिने उनले बताए।

त्यस्तै विभिन्न किसिमका पर्वमा विकृति मौलाएको समाजसेवी राजेन्द्रप्रसाद चौधरीले बताए। पर्वका रुपमा धर्म, भाषा र सँस्कृतिको भावनाले नभई मनोरञ्जनका उद्देश्यले मनाउने गरेकाले यसलाई सुधार गर्न जरुरी रहेको उनले बताए। गौर पर्व र समाचकेवा पर्व मनाउँदा थारु समुदायले विभिन्न किसिमका नाचगान गरी मनोरञ्जनको रुपमा मात्र मनाउने गरेकाले पर्वका नाममा ढोङ गरेको उनको भनाई थियो। त्यस्ता विकृतिलाई रोकेर त्यसको संरक्षणमा जोड दिनुपर्ने वक्ताहरुको भनाई थियो।

पत्रिका प्रकाशन गर्न भेलाले ९ सदस्यीय कार्यसमिति बनाएको छ। जसको अध्यक्षमा चन्दन चौधरी, उपाध्यक्षमा राजकुमार चौधरी, सचिव रमेश चौधरी, कोषाध्यक्ष पुनम देबी, सहसचिव ईश्वर चौधरी र सदस्यहरुमा द्रोपती देबी, सन्तोष चौधरी, वैजनाथ चौधरी र रामावती चौधरी छन्।

त्यस्तै सल्लाहकारमा हृदयनरायण चौधरी, मोहित चौधरी, राम नारायण चौधरी, जमुना चौधरी, घनश्याम चौधरी, राजेन्द्रप्रसाद चौधरी, नन्दकिशोर चौधरी र रोअन चौधरी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *