नवीन चौधरीको अध्यक्षमा थारु पत्रकारको सप्तरी शाखा गठन

थारू पत्रकार संघ नेपालको सप्तरी शाखा गठन भएको छ। बिहीबार आयोजित भेलाले नवीन चौधरीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो। जसको उपाध्यक्षमा भागवती चौधरी (मरर), सचिवमा पार्वती कुमारी सिंह (प्रिया), सहचसिवमा रामनाथ चौधरी र कोषाध्यक्षमा भुपेन्द्र कुमार चौधरी छन्।

त्यस्तै सदस्यमा जुशी चौधरी, प्रमोद चौधरी, देवनाथ चौधरी र सूर्य चौधरी छन्। भेलाले चार सदस्यीय सल्लहकार समिति पनि बनाएको छ। जसमा अरुण चौधरी, देवनाथ चौधरी, महेन्द्र चौधरी र प्रमिला चौधरी छन्।

थारु कल्याणकारिणी सभाका अध्यक्ष अरुण चौधरीले थारु छात्राबासमा थारु पत्रकार संघको कार्यालय स्थापना गर्न दिने बताए। नवनिर्वाचित अध्यक्ष चौधरीले सबै थारु पत्रकारहरु एकजुट भएर थारुको मुद्दा सञ्चारमाध्यममा ल्याउन जरुरी रहेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *