थाकसले गर्‍यो तीन महत्वपूर्ण निर्णय, उपमहामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले उपमहामन्त्रीलाई पदमुक्त गरेको छ। महामन्त्री अमिरी चौधरी दुर्घटनामा परी सिकिस्त अवस्थामा रहेकाले दिइएको उक्त जिम्मेवारी बहन नगरेको भन्दै उपमहान्त्री इन्दिरा चौधरीलाई पदमुक्त गरेको सभाले विज्ञप्ती जारी गर्दै उल्लेख गरको छ। उनको सट्टामा बाँकेबाट प्रतिनिधित्व गर्ने नेमनारायण सिंह थारुलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ।

हेर्नुस् निर्णयहरु

(१) मुलुकको वर्तमान राजनीतिक अवस्था अत्यन्तै तरल एवम् सक्रमणकालीन छ। संविधान सभाको नियम विपरित ह्वीप जारी गरी बहुमतको दम्भमा २०७२ असोज ३ गते घोषणा भएको अधुरो अपुरो संविधानले विगत २५० वर्ष देखि बहिष्करणमा पारिएको हामी आदिवासी थारुहरुको पहिचान, प्रतिनिधित्व, अधिकार लगायतथ थरुहट थारुवानको १३ बुँदे मांग सम्बोधन नगरेको जगजाहेर छ , थारु कल्याणकारिणी सभाको संयोजकत्वमा गठित थरुहट थारुवान संयुक्त संघर्ष समितिद्धारा जारि शान्तीपूर्ण आन्दोलन विगत २०७२ श्रावण २७ गते देखि जारि नै छ  र हामी आदिवासी थारुहरु विगत १६ महिना देखि शान्तिपूर्ण आन्दोलनरत छौ। परन्तु नेपाल सरकार र प्रमुख राजनीतिक पार्टीहरु हाम्रो माँग प्रति कुनै किसिमको गम्भीरता, सम्बेदनशीलता र जवाफदेहीता नदेखाएकोले हामी गम्भीर भएकाछौ।

(क) पहिचान र सामार्थ्यको आधारमा प्रादेशिक सिमाँकन सहित थरुहट स्वायत प्रदेशको स्थापना र राज्यको हरेक अंग निकाय एवम् तहमा जातिय जन्संख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुनु पर्ने हाम्रो प्रमुख माग विपरीत हामी आदिवासी थारुहरुको पहिचान, प्रतिनिधित्व, ऐतिहासिक पृष्ठभूमी, सांस्कृतिक, भाषिक, समाजिक सघनता र पहुचलाई समाप्त पार्दै नेपालको संविधान २०७२ मा थरुहट थारुवान जिल्लाहरुलाई टुक्रा टुक्रा गरि विभाजित गरिएकोले हाम्रो असहमती र घोर आपति रहेकोछ।

(ख) एकात्मक ढंगले छुटृयाईएको कैलाली, कन्चनपुर जिल्लाको थारु बाहुल्य क्षेत्र, नवलपरासी जिल्लाको नवलपुर, चितवन जिल्लाको थारु बाहुल्य क्षेत्र  ५ नं. प्रदेशमा समावेश गरी थरुहट थारुवान स्वायत प्रदेशको पुर्णता गर्नु पर्दछ र उदयपुर जिल्ला लगायत सुनसरी, मोरड० एवम झापा जिल्लाहरुको आदिवासी थारु, मधेशी, मुस्लिम, जनजाति बाहुल्य क्षेत्र २ नं.प्रदेशमा समावेश गरी २ नं.प्रदेशलाई पुर्णता दिनु पर्दछ।

  (ग) थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रस्तुत गरेको १३ बुदे मांग अनुसार प्रदेशहरु आत्मनिर्णयको अधिकार, स्वायत्ता र सोशासित सहितको आदिवासी थारुहरुका लागि सघनता अनूुरुप अधिकार सहित विशेष क्षेत्र, संरक्षीत क्षेत्र र विशेष इलाका सहित कन्चनपुर कैलाली देखि चितवन जिल्ला सम्म थरुहट थारुवान स्वायत पहिलो प्रदेश, मकवानपुर बारा पर्सा देखि धनुषासम्म दोश्रो प्रदेश र सिरहा सप्तरी देखि झापासम्म तेश्रो प्रदेश हुनुपर्दछ।

वा

राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समिति र राज्य पुनः संरचना उच्च स्तरीय सुझाव आयोगको प्रतिवेदनलाई आधार मान्दै कन्चनपु्र, कैलाली देखि चितवनसम्म थरुहट/थारुवान स्वायत पहिलो प्रदेश र मकवानपुर, पर्सा देखि झापासम्मको दोश्रो प्रदेश हुनुपर्दछ ।

(घ) २०७३ मंसीर १४ गते मंगलवार राति नेपाल सरकारद्धारा संसद सचिवालयमा दर्ता गरिएको संविधान संशोधन बिधेयक सकारात्मक छ। परन्तु हामी आदिवासी थारु, थरुहट/थारुवानको शान्तिपूर्ण आन्दोलनको माग, मर्म, भावना र लोकतन्त्रको विपरित छ। हामी लगायत आन्दोलनरत असन्तुष्टपक्षहरुसंग कुनै किसिमको छलफल सम्बाद र सहमती विना एकात्मक ढंगले यथास्थितिमा गर्न थालिएको संविधान संशोधनबाट हामी आदिवासी थारु, मधेशी, जनजाति, मुस्लीम, दलित पिछडावर्ग एवम् सिमान्तकृत वर्गको माँगहरु सम्बोधन हुन सकदैन। तसर्थ हामी लगायत आन्दोलनरत असन्तुष्ट पक्षहरुसंग अविलम्ब छलफल, सम्बाद र सहमती गरि संविधान संशोधन बिधेयक परिमार्जन गरि संविधान संशोधन गरिनु पर्दछ।

(ड०) नेपाल सकारले विभेदकारी, अधुरो, अपुरो नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने नाममा एकात्मक ढंगलेे जनसंख्यालाई वेवास्ता गरी स्थानीय तह पुनःसंरचनाको कार्य, स्थानीय, प्रदेश र संघ गरि तीनै तहको निर्वाचन हाम्रो माग अनुसार प्रादेशिक सिमाँकन संशोधन नभएसम्म गरिनु हुदैन।

(च) थरुहट/थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरी लगायत अन्य थारुहरु माथि लगाइएको झुठा मुद्धा  फिर्ता, बन्दीहरुको रिहाई र उचित क्षतिपुर्तिको व्यवस्था अविलम्ब गरियोस ।

 (छ) जारि थरुहट/थारुवानको शान्तीपूर्ण आन्दोलन प्रति संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाको साथ र समर्थन प्रति हामी सकारात्मक छौ।

(२) उपमहान्त्री श्री इन्दिरा चौधरी था.क.स.को दैनिक काम काज संचालनका लागि संचालन समितिको नियमित बैठक र के.का.स.को बैठकमा लगातार अनुपस्थित रहनु भएको र था.क.स.का महामन्त्री श्री अमिरी चौधरी २०७३।७।१८ गते मोटरसाईकल दुर्घटनामा परि सिकिष्त अवस्थामा रहनु भएकोले महामन्त्रीको अनुपस्थितिमा काम काज गर्न जिम्मेवारी दिदा पनि काम गर्न असमर्थता जनाएकोले निजको के.स.पद यथावत कायम रहने गरी उपमहामन्त्री पदबाट निजलाई सधन्याद सहित पद मुक्त गरी सो उपमहामन्त्री पदमा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने के.स.श्री नेमनारायण सिंह थारुलाई मनोनयन गरिएकोछ।

 (३) थारु कल्याणकारिणी सभाको नेतृत्वमा थरुहट थारुवान संयुक्त संघर्ष समितिको जारि शान्तीपूर्ण आन्दोलनलाई निष्कर्षमा पुरयाउन शान्ती पूर्ण आन्दोलनलाई जारि राख्ने।

                                                             धनिराम चौधरी

अध्यक्ष, थारु कल्याणकारिणी सभा




Leave a Reply

Your email address will not be published. Required fields are marked *