थरुहट नेता माधव थारुको उपचारका लागि सहयोगको अपिल

थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य एवं थारु कल्याणकारिणीसभा कैलालीका सचिव माधव थारुको उपचारको लागि सहयोगको अपिल गरिएको छ। काठमाडौंको न्यूरोडस्थित ट्रमा सेन्टरमा उपचाररत थारुका उपचारमा सहयोग गर्न परिवारका सदस्य, बर्दियाली थारु विकास मञ्च र थारु नगिक समाज कैलालीले सहयोगको अपिल गरेका हुन्। अपरेशनमा बढी खर्च लाग्ने देखिएपछि आर्थिक संकलन अभियान सुरु गर्नुपरेको बताइएको छ। शल्यक्रिया ट्रमा सेन्टर काठमाडौंमा हुने भएको छ। 

उपचारमा संलग्न चिकित्सक डा. गौरव ढकालका अनुसार थारुको पछाडिको मेरुदण्डको हड्डी फ्याक्चर भएको छ। घाँटीमा समेत समस्या देखिएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्तासमेत रहेका थारुको मंसिर २३ गते कैलालीको कनरीमा मोटरसाइकल दुर्घटना भएको थियो।

madhab-2

help




Leave a Reply

Your email address will not be published. Required fields are marked *