३ सय ७ कमलरीको उद्दार भएन, २६ जनाको अवस्था अज्ञात

सन्तोष दहित/दाङ।

मुक्त कमलरी र सरकारबीच भएको १० बुँदे कार्यान्वयनमा सरकारले हेलचक्राई गरेको भन्दै तत्काल कार्यान्वयनमा ल्याउनका लागि मुक्त कमलरीहरु सिंहदरबरमा डेलिगेशन जाने भएका छन्। बिहीबार मुक्त कमलरी विकास मञ्चको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो।

कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति र सरकारबीच २०७० जेठ २४ गते १० बुँदे सहमति भएको थियो। सहमतिमध्ये मृतक कमलरी सिर्जना चौधरीका परिवारलाई ५ लाख र मेघी चौधरीको परिवारलाई एक लाख ५० हजार क्षतिपूर्ति र कमलरी मुक्ति घोषणाबाहेक अरु ७ बुँदेमा केही काम नगरेकाले यथाशिघ्र कार्यान्वयममा ल्याउन दबाबका लागि डेलिगेशन जानुपरेको मञ्चका केन्द्रीय अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन्।

उनले मुक्त कमलरीहरुलाई तत्काल नेपाल सरकारको तर्फबाट आधिकारिक परिचय पत्र वितरण गरिनुपर्ने, मुक्त कमलरी शिक्षा निर्देशिका २०६८ लाई अस्विकार गरेकाले संशोधन गरी छात्रवृत्ति रकम वृर्द्धि गरिनुपर्ने, मुक्त कमलरीका लागि छोटो र लामो अवधिको व्यवसायिक तालिमको व्यवस्था गरिनुपर्ने र मुक्त कमलरीसँग भएको १० बुँदे सहमति तत्काल कार्यान्वय गर्नुपर्ने माग राखि डेलिगेशन जान लागिएको जानकारी दिइन्।

सरकार र आफूहरुबीच भएको सहमतिलाई कार्यान्वयनको लागि पटकपटक ध्यानाकर्षण गराउँदा पनि खासै चासो नदिएकाले फेरि डेलिगेशन जानुपरेको अध्यक्ष चौधरीले जानकारी दिइन्। उनले भनिन्, ‘यो डेलिगेशन सम्भत त निर्णायक हुनेछ। डेलिगेशमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट ४० जना मुक्त कमलरीको टोली सहभागी हुदैंछौ, यसले पनि सरकारले चासो नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौं।’

 चौधरीका अनुसार गृह मन्त्रालय, शिक्षा विभाग तथा शिक्षा मन्त्रालय, महिला था बालबालिका मन्त्रालय, स्वास्थ्य मन्त्रायलमा डेलिगेशन कार्यक्रम छ।

२६ कमलरी अभिभावक सम्पर्कविहीन

नेपालमा कमलरी मुक्त घोषणा भइसकेपनि अझैसम्म २६ कमलरी अभिभावकबाट सम्पर्कविहीन छन्। मुक्त कमलरी विकास मञ्चले पत्रकार भेटघाटमा यस्तो जानकारी गराइएको हो। मञ्चको अनुसार सबैभन्दा बढी कैलालीका १२ जना, बाँकेका ६ जना, दाङका ५ जना र बर्दियाका ४ जना कमलरीहरु अभिभावक सम्पर्कविहीन छन्। मञ्चका अध्यक्ष सुनिता चौधरीको अनुसार दाङको सर्मिला चौधरी, सीता चौधरी, जुग्री चौधरी, मणि चौधरी र आशा चौधरी छन्। बाँके जिल्लाका ममता थारु, रजिता थारु, शान्ती थारु, प्यारी थारु, विपत्ति थारु छन्।

त्यसैगरी कैलालीका उमा चौधरी, दुख्नी चौधरी, लौटी चौधरी, लक्ष्मी चौधरी, साहना चौधरी, सुनिता चौधरी, टिका चौधरी, मनिषा चौधरी, हेमा चौधरी, सुर्या चौधरी, आशा चौधरी, रिता चौधरी छन्। यसैगरी बर्दियाका आशरानी थारु, तुलारानी थारु, चिजमानी थारु र श्रीकृष्णी थारु छन्।

kamalari-01उपचार नपाएर ३ जनाको मृत्यु

यसैगरी सरकारको वेवास्ताको कारणले हेस्तेलमा बसिरहेका ३ जना मुक्त कमलरीको मृत्यु भएको मुक्त कमलरी विकास मञ्चले जनाएको छ। मञ्चको अनुसार कैलालीकी हेमा चौधरीलाई सिकलसेल, प्यूठानकी सीमा घर्तिलाई मुटुरोगको समस्याले, बर्दियाकी सरिता चौधरीलाई भाइरल भएर मृत्यु भएको छ।

३ सय ७ जनाको उद्दार हुन बाँकी

कमलरी मुक्त देश घोषणा भएको करिब ३ वर्ष वित्न थालेपनि अझैपनि देशको विभिन्न ठाउँमा २ सय ६५ जना अझै मालिकको घरमा कमलरी बसिरहेको कमलरी क्षेत्रमा काम गर्दै आइरहेको मुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालय दाङले जानकारी दिएको छ। मञ्चको अनुसार बर्दियाका १ सय ७४, कैलालीका ७०, दाङका २८, कञ्चनपुरका २१ र बाँकेका १४ जना कमलरीहर अझै मालिकको घरमा कमलरी बस्न बाध्य छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *