कमलरी उर्मिला चौधरीबारे बनाइएको फिल्म शनिबार प्रिमियर हुँदै

पूर्व कमलरी उर्मिला चौधरीको विषयमा बनाइएको फिल्म नेपालमा प्रदर्शन हुने भएको छ। काठमाडौंमा आयोजना भइरहेको किम्फ फिल्म फेस्टिभलमा ‘माई मेमेरी इज माई पावर’ प्रदर्शन हुनेछ। आयोजकका अनुसार यो फिल्म आउँदो शनिबार साढे १२ बजे काठमाडौंस्थित कुमारी हलमा प्रदर्शन हुनेछ।
उर्मिला चौधरीको जीवनीमा आधारिता उक्त फिल्म अमेरिका, क्यानडा र जर्मनीमा प्रिमियम भइसकेको छ। फिल्ममा कमलरी प्रभावित जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चपुरका कमलरीहरुको जीवनमा घटेको घट्नालाई समेटिएको उर्मिला चौधरीले जानकारी दिइन्।

जर्मनका फिल्ममेकर सुसन गुथले फिल्म निर्माण गरेकी हुन्। धेरै वर्षको प्रयासपछि फिल्म निर्माण भएको उनले थारुवानलाई बताइन्। उनले लामो समयसम्म दाङमा बसेर फिल्म खिचेका थिए। उनको फिल्ममा उर्मिलाले गरेको संघर्ष देखाइएको छ। ‘कमलरीमुक्त भएपछि उनले गरेका संघर्षहरु फिल्ममा समेटिएको छ,’ उनले भनिन्।

फिल्मको ट्रेलर हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *