थारु संस्कृतिमा आधारित फिल्म फेसनवाली झुम्कामा चल्दै

सुनिल चौधरी/झुम्का।

पश्चिमा पहिरन विभिन्न माध्यमबाट नेपालमा भित्रिन थालेपछि थारु समुदायमा पनि यसको असर देखा पर्न थालेको छ। अरुको देखासिकीले थारु संस्कार,संस्कृति ओझेलमा परेको छ। संस्कृति नै लोप हुन थालेपछि यसको संरक्षण र जनचेतना फैलाउन थारु फिल्मको निर्माण भएको छ।

सुनसरीको झुम्कास्थित म्याजिक सिनेमाहलमा त्यही फिल्म ‘फेशनवाली’को प्रिमियर गरिएको छ। फिल्ममा पूर्वका थारु महिलाहरुले पहिरिने अँचराखरकीलाई प्राथमिकतामा राखी निर्माण गरिएको लेखक तथा निर्देशक हुदुवा खवासले बताए। खवासका अनुसार अहिले युवाहरुमा विदेशी पहिरनले आकर्षित बनाइरहेको बेला यो फिल्मले आफ्नो मौलिक पहिरनप्रति जिम्मेवारी बोध गराउने विश्वास लिएको बताए।

अभिभावकले जसरी आफ्ना छोराछोरीलाई उनीहरुको इच्छा आकांक्षा पूरा गरिरहेका हुन्छन्। त्यसरी नै छोराछोरीले गर्ने खर्चबारे ध्यान नदिँदा छोराछोरीले आफ्नो संस्कार बिर्सेर आधुनिकतातर्फ बढावा दिइरहेको उनले बताए।

kuldip-chaudhary

फिल्म सुरु हुनुभन्दा पहिले निर्माता पञ्चनारायण चौधरीको सभापतित्वमा हलभित्र विभिन्न कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा प्रमुख अतिथि अभिनेता पुर्शराम चौधरीले उपस्थित दर्शक तथा कलाकारहरुलाई चलचित्रसम्बन्धी अनुभव सुनाएका थिए। उनले थारु भाषाका चलचित्र ब्यवसायी हुन नसकेको बताएका थिए।

उनले ब्यवसायिकताका लागि मौलिक फिल्मलाई नेपाली भाषामा पनि बनाउनपर्ने सुझाव दिए। अभिनेता चौधरीले एक दर्जभन्दा बढी थारु भाषाको चलचित्र निर्माण गरेका छन्।

कार्यक्रममा थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदिप चौधरीले आफ्ना कला प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। उनले उपस्थित कलाकारलाई अभिनयको माध्यमबाट समाजलाई राम्रो बाटोमा हिँडाउन सघाउ पुर्‍याउन सुझाव दिए।

कार्यक्रममा फिल्मकी अभिनेत्री सनम चौधरी र बक्लौरी जनसेवा युवा क्लवका समूहले नृत्य प्रस्तुत गरेका थिए। अभिनेता बलराम चौधरी,  अभिनेत्री सञ्जु चौधरी,संगीता चौधरी, हास्यकालाकार ढल्लु चौधरी पनि कार्यक्रममा उपस्थित थिए।

फेशनवाली मंगलबारबाट झुम्काको म्याजिक सिनेमाहलमामा मध्यन्नह १२ बजेको शोमा चल्लने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *