संशोधनलाई एमालेले ‘राष्ट्रघाति’ भनेको भन्दै कांग्रेसका थारु मधेसी सांसदको आपत्ति

नेपाली कांग्रेसका सांसद्हरुले संविधान संशोधन विधेयकलाई नेकपा एमालेले राष्ट्रघातको संज्ञा दिएको भन्दै कडा आपत्ति जनाएका छन्। तराई-मधेसका २७ जना सांसदले विज्ञप्ति जारी गर्दै मधेसी जनताको मागअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त विधेयक दर्ता गराएको भन्दै संशोधन विधेयक स्वागतयोग्य रहेको उल्लेख गरेको छ।

‘एमालेजस्तो जिम्मेवार पार्टीले संसोधन विधेयक अघि बढाउने प्रक्रिया नै रोक्नेगरी संसद अवरुद्ध गर्नु र सडक आन्दोलन चर्काउन चाहनुले ऊ समस्या समाधान गर्ने नभएर चर्काउने दिशामा उद्दत भएको आभास हुन्छ। यस्ता घटनाले एमाले स्यवं निर्वाचनको पक्षमा नभएको सन्देश दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्न संघीय प्रदेशको सीमांकन परिवर्तनको जुन प्रस्ताव ल्याएको छ, त्यो कुनै नयाँ रचना नभएको र दोस्रो संविधानसभा निर्वाचनपछि तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको राजनीतिक दस्तावेज हो, जुन तत्कालीन संविधानसभा अन्तर्गतको संवाद तथा सहमति समितिमा संविधानको साझा दस्तावेजको रुपमा प्रस्तुत गरिएको थियो। कांग्रेस र एमालेले त्यही साझा दस्तावेजकै जगमा दाहाल नेतृत्वको सरकारले संविधान संसोधनमार्फत् सीमाकंन परिवार्तनको प्रस्ताव गरेको विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा फर्मुल्लाह मन्सुर, महेन्द्र यादव, किरण यादव, तेजुलाल चौधरी, रामचन्द्र चौधरी, गणेशकुमार मण्डललगायतले हस्ताक्षर गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *