उल्लु बनाउने नियतले संसोधन प्रस्ताव : राजकुमार लेखी

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले सरकारले दर्ता गराएको संविधान संसोधन प्रस्तावको विरोध गरेको छ। उक्त संसोधन प्रस्ताव थारु, आिवासी-जनजाति, मधेसी, मुस्लिमको अधिकार नसमेटी छलछाम र उल्लु बनाउने नियत ल्याएको जारी विज्ञप्तीमा उल्लेख छ।

‘संशोधनको प्रस्तावमा थारू, अादिवासी-जनजाति, मधेसी, मुस्लिमका माँगहरू सिमाङकन, राज्यको हरेक तह तप्कामा समानुपातिक समावेशी, अादिवासी जनजातिहरूको अधिकारहरू नसमेटी छलछाम, उल्लु बनाउने नियतले ल्याएको हो। त्यसकारण यो संशोधनको प्रस्ताव प्रतिगामी रहेको कुरा नागरिक समाजवादी पार्टीको निष्कर्ष हो,’ विज्ञप्तीमा भनिएको छ।

‘हामीले उठाउँदै अाएको थरूहट स्वायत प्रदेशमा कैलाली र कन्चनपुर जिल्लालाई जोडनु पर्ने र झापा, मोरङ, सुनसरी र उदयपुरका त्रियुगा क्षेत्रलाई पुर्वको प्रदेशमा जोडनुपर्ने मागलाई वेवास्ता गरी एकलौटीरूपमा कित्ता काट गरी ल्याएको संशोधन प्रस्ताव प्रति हाम्रो गम्भीर अापत्ति रहेको कुरा यसै विज्ञप्ती मार्फत सवैमा जानकारी गराउन चाहन्छौं,’ संयोजक लेखीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *