भृकुटीमण्डपमा थारु झाँकी [तस्बिरसहित]

कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायिको माग पूरा गर्न नसकिने बताएका छन्। काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै मन्त्रालय स्थापना गर्न नसकिने बताए। उक्त अवसरमा उनले माछापालन सम्बन्धि तीनवटा स्मारिकाको समेत विमोचन गरे। 

tharu-culture-03नेपाल उद्योग वाणिज्य महासङ्घका कृषि संयोजक दिलसुन्दर श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्ने मुख्य आधार मत्स्यपालन भएको बताए। महोत्सवमा माछासँग सम्बन्धित उपकरण, दाना, औषधि, सरकारी तथा गैरसरकारी संस्था एवम् अन्य कृषिउपजका गरी ४० वटा कक्ष रहेका छन्।

tharu-culture-01

भृकुटीमण्डपमा बिहीबारदेखि सुरु पाँच दिने तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिताका क्रममा आफ्नो भेषभूषामा सजिएर नगर परिक्रमा गर्दै थारु महिलाहरु । तस्बिर  : रत्न श्रेष्ठ/रासस

‘माछा खाऔँ हो साथी नियमित खानामा माछा खाऔँ’ साङ्गीतिक कार्यक्रमका बीच आजदेखि माछा महोत्सव सुरु भएको हो । मत्स्य व्यवसायी सङ्घले आयोजना गरेको उक्त महोत्सवमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर, र कमन, सिल्भर, विगहेड, र ग्रासकार्पलगायत विदेशी प्रजातिका जिउँदा माछाको बिक्री तथा माछाका विभिन्न परिकार खान पाइने छ । महोत्सवमा माछा नखानेलाई रु १०० र परिकारको स्वाद लिनेलाई रु २५० प्रवेश शुल्क तोकिएको छ।
tharu-culture-04




Leave a Reply

Your email address will not be published. Required fields are marked *