थारु विद्यार्थी समाजले निर्णायक आन्दोलन गर्ने

थारु विद्यार्थी समाजले थारु समुदायको माग मुद्दा सम्बोधन नगरी संविधान संसोधन गरे आन्दोलन गर्ने बताएको छ। राजधानीको बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। त्यसका लागि थारु सम्बद्ध संघ संस्था र पार्टीका थारु नेताहरुसँग समन्वय गरी आन्दोलन घोषणा गर्ने समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए।
उनका अनुसार बैठकले टीकापुर घटनामा झुटा मुद्दा लगाएका विद्यार्थी समाजका संस्थापक रेशम चौधरीलगायत बन्दी बनाइएका थारुहरुलाई तत्कार रिहाई गर्न सरकारसँग माग पनि गरेको छ।

बैठकले छिन्न भिन्न भएका थारु नेताहरुलाई एकै ठाउँमा ल्याउन पहल गर्ने निर्णय भएको अध्यक्ष चौधरीले बताए। ‘थारु नेताहरु छिन्न भिन्न भएरै अहिले थारुका माग मुद्दा कमजोर भएको हो। त्यसैले पहिला हामी एकीकृत हुनुपर्छ। अनि बल्ला हाम्रा माग मुद्दा सम्बोधन गराउन सकिन्छ,’ उनले थारुवानसँग भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *