आदिवासीहरुलाई देशको सीमाले रोक्न सक्दैन : रेशम चौधरी

भारतको उत्तर प्रदेशस्थित लखिमपुर खोरीमा नेपाल र भारतका आदिवासीहरुको मुद्दामा अन्तर्क्रिया सम्पन्न भएको छ। भारतीय थारु समाजका अध्यक्ष विजयबहादुर चौधरीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा नेपालकातर्फबाट रेशम चौधरी, कृष्ण गुरुङ, ओम गुरुङ सहभागी थिए। भारतका तर्फबाट उमाशंकर मिश्र, पशुपति दयाल मिङ, झारखण्डकी आदिवासी नेतृ रानी शिखालगायतको उपस्थिति थियो।

कार्यक्रममा थारु नेता रेशम चौधरीले आदिवासीहरुलाई देशको सीमाले नरोक्ने बताएका छन्। उनले संसारभरिका आदिवासीहरु एक हुनुपर्ने बताउँदै भारतका आदिवासीहरुसँग आत्मिय सम्बन्ध रहेको बताए। उनले नेपाल र भारतको सीमाले दुई देशका नागरिक कहलिए पनि हाम्रो पहिचान र रहनसहन एउटै भएको बताए।

‘आदिवासीहरुको आफ्नै आफ्नै पहिचान हुन्छ। आफ्नै रहनसहन हुन्छ। तसर्थ उनीहरु त्यस ठाउँका मूलबासी हुन्छन्। अमेरिका युरोपियन राष्ट्रमा आदिवासीहरुलाई संरक्षण गरेपनि नेपालमा आदिवासीहरुलाई समेट्न सकेको छैन,’ उनले भने।
उनले भारतका आदिवासीहरुलाई पनि त्यहाँको संविधानले अधिकार दिएको बताउँदै नेपालका आदिवासीहरुलाई त्यहाँ खस आर्यले अधिकारबाट वञ्चित गरिरहेको आरोप लगाए। त्यसैले जहाँसुकैका आदिवासीहरु भएपनि उनीहरुको अधिकार सुनिश्चित हुनुपर्ने उनको माग थियो।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *